साकोसका अग्रभागमा कार्यरत कर्मचारीहरूको लागि क्षमता विकास तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसका अग्रभागमा कार्यरत कर्मचारीहरूको लागि क्षमता विकास तालिम सञ्चालन

झापा । झापा सदस्य सेवा कार्यालय अन्तर्गत अग्रभागका कर्मचारीहरूको क्षमता विकास तालिम कमल गा. पा. ५ स्थित होटल हेरिटेज रिसोर्ट प्रा.लि. मा चैत्र १० गते सम्पन्न भएको छ । 

४३ जना साकोसका कर्मचारीहरुको सहभागिता रहेको तालिमको सञ्चालन नेफ्स्कून झापा सदस्य सेवा कार्यालयका व्यवसाय अधिकृत पवन घिमिरेले गर्नुभएको थियो । तालिमको समग्र व्यवस्थापन सदस्य सेवा कार्यालयका वरिष्ठ सहायक गणेश भण्डारीले गर्नुभएको थियो । 

उत्प्रेरणात्मक मार्गदर्शन प्रदान गर्दै अग्रभागमा कार्यरत कर्मचारीहरू संस्थाको महत्वपूर्ण आधार भएको र यी कर्मचारीहरू नै सदस्यहरूसँग प्रत्यक्ष रूपमा सम्पर्कमा रहने, उनीहरूसँग सम्बन्ध स्थापना गर्ने तथा संस्थाको सेवा प्रभावकारी रूपमा पु¥याउने मुख्य माध्यम भएकाले यस्ता तालिमहरुको आवश्यकता अनुरुप संघले आयोजना गरेको संघका महासचिव घनश्याम अधिकारीले बताउनुभयो । तालिमबाट सिकेका ज्ञान, सीप र अनुभवलाई दैनिक कार्यक्षेत्रमा व्यवहारिक रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । यसरी सीपहरूको प्रभावकारी प्रयोगले मात्र संस्थाको सेवा गुणस्तर सुधार हुने, सदस्यहरूको सन्तुष्टि बढ्ने र अन्ततः दिगो संस्थागत विकासमा महत्वपूर्ण योगदान पुग्ने उहाँको धारणा थियो ।

कर्मचारीले गर्ने व्यवहारले सदस्य र संस्थालाई जोड्ने पुलको रुपमा काम गर्ने भूमिकामा भएकोले उसको क्षमता विकासले संस्थागत विकासमा सहयोग पुग्ने यस तालिमका सहजकर्ता संघका बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपानेलेले व्यक्त गर्नुभयो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप