राईफाईसनको २०८औं जन्मजयन्ती लुम्विनी प्रदेश बुटवलमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राईफाईसनको २०८औं जन्मजयन्ती लुम्विनी प्रदेश बुटवलमा

बुटबल । राईफाईसन डे को अवसरमा आयोजित परिवर्तित कानुनी वातावरणमा नियमित निरीक्षण तथा अनुगमन सुदृढीकरण सम्बन्धी परामर्श गोष्ठी चैत्र १६ गते बुटवलमा सम्पन्न भएको छ ।

संघले बचत तथा ऋण सहकारीका जन्मदाता,पिता एफ.डब्लु.राईफाईसनको २०८औं जन्मजयन्ती मनाउने क्रममा लुम्बिनी र कणार्ली प्रदेश भित्र बचत तथा ऋण सहकारी संस्थाहरु तथा संघका सञ्चालक एवम् व्यवस्थापन प्रमुखहरुको सहभागितामा नेफ्स्कून रुपन्देही सदस्य कार्यालयको व्यवस्थापनमा मार्च ३० अर्थात एफ डब्लु राईफाईसन डे मनाएको हो ।

संघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा र लुम्बिनी प्रदेश सरकारको लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रार मञ्जु पाण्डेयको  प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो भने बचत तथा ऋण सहकारी संघ लि. लुम्बिनीका अध्यक्ष कृष्ण नेपाल, रुपन्देही बचत संघको अध्यक्ष बसन्त ढकाल, पाल्पा बचत संघका अध्यक्ष तुलसीराम भुसाल, प्यूठान जिल्ला बचतसंघका अध्यक्ष भोज बहादुर बस्नते, नेफ्स्कून सदस्य सेवा कार्यालय रुपन्देही, दाङ र बाँकेका व्यवस्थापन उपसमिति सदस्यहरु, नेफ्स्कून साकोस म्यानेजर्स क्लबका संयोजक देवराज ज्ञवाली लगायतको   उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले पछिल्ला समयमा सहकारीमा देखिएका समस्या,परिवर्तित ऐन,मापदण्ड,निदेर्शिका लगायत विषयमा अन्योल नहुन,समस्याहरुमा समग्र अभियानका साथिहरुद्धारा पहलका कदम अगाडी बढ्नुपर्ने,संघका सदस्यहरुले प्राधिकरणमा दर्ता गर्ने प्रक्रिया  सम्पन्न  नभई आगामी दिनमा सुधार गर्ने तर्फ लाग्नुपर्ने, राज्यले सहकारीका लागि तयार गरको ऐनका परिपालना क्रमशः आउने र पछिल्ला परिणामहरुले देखाएकोछ । ऐनको परिकल्पना अनुसार आउनु पर्ने सवै प्रणालीहरुको विकास ऐन संगै आएको भए पछिल्लो समयमा सहकारीहरुमा देखा परेका समस्याहरु यसरी आउने थिएन । सहकारी संख्यात्मक रुपमा बढि हुनु जरुरी नभई सेवा र सदस्यको जिवनस्तर उकास्ने गरि एकिकृत रुपमा सुशासन बाट सञ्चालन भएमा संख्याले ठुलो भुमिका नखेल्ने विषयमा जोड दिनुभयो ।

लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण प्रसाद नेपालले सहकारी ऐन २०७४ मा भएका व्यवस्थाहरु कार्यान्वयन गराउनको लागि र साकोसमैत्री कानुन निर्माणका लागि केन्द्र देखि प्रदेश सरकारसँग आफुहरु निरन्तर रुपमा वहस र पैरवीमा लागेको र सो कुरालाई निरन्तरता दिने कुरा व्यक्त गर्दै एफ.डब्लु.राईफाईसनको मार्गदर्शन अनुसार संस्था चल्न आवस्यक रहेको विषय राख्नुभएको थियो । त्यसै गरी जिल्ला बचत संघ रुपन्देहीका अध्यक्ष बसन्त ढकालले नेफ्स्कूले सञ्चालन गर्ने कार्यक्रमहरुमा जिल्ला बचत संघ र प्रदेश बचत संघसँग समन्वय गर्दै दुरदराजमा पनि सहकारीका गतिविधिहरु आगडि बढाउनुपर्ने कुरा जोड दिनुभएको थियो ।

कार्यक्रमको पहिलो सत्रमा प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रार मञ्जु पाण्डेयद्धारा कार्यपत्र प्रस्तुती तथा सहजिकरण गर्नु भएको थियो । लुम्बिनी प्रदेश सहकारीको तथ्याङक् सहित सहकारीको सारभुत वस्तु अवस्था सहित प्रस्तुती गर्नु भएको थियो । सहकारी आफैमा सुशासनको प्रतिक रहेकोमा यसको अनुगमन,निरिक्षण जस्ता विषयमा बढि जोड दिनु नपर्ने गरि यसका सैद्धान्तीक आधार तयार भएका हुन्छन् केहि समय देखि सहकारीका समस्याहरु क्रमिक रुपमा देखा पर्नु भनेको र यसको समाधान संगै निराकरण गर्न अभियानको नेतृत्व गर्ने सवैले आत्मसाथ गर्नु जरुरी छ । सहकारी निति, कानुनका मुख्य व्यवस्था बमोजिम सहकारीका मुल्य,मान्यता,सिद्धान्त र अन्र्तराष्ट्रिय सिद्धान्तका आधारमा सञ्चालन गर्न तर्फ अग्रसर रहने,पल्र्स मापदण्डको परिपालना साथै सदस्य केन्द्रियता सुचांङ्क लाई अगाडी बढाई सदस्यता सहभागिता वृद्धि गर्नुमा जोड दिनुपर्नेमा समेत ध्यानाकर्षण गर्दै  ऐनमा समस्याग्रस्त  सहकारी घोषणा गर्ने प्रावधान रहेता पनि घोषणा पश्चात् सहकारीको व्यवस्थापनका लागि नितिगत रुपमा ऐनमा कठीनाई रहेकाले आगामी दिनमा सो समस्या सम्बोधनका लागि पहल गर्ने ,सहकारीका विनियम पूर्न–लेखनका  विषयमा पनि स्पष्ट धारणा र ऐनमा भएको प्रावधान सहित जानकारी दिनुभएको थियो ।

सहकारीको विषयमा प्रदेश सहकारी दर्ता कार्यालयद्धारा  संघ तथा संस्थाहरुमा नियमित भेटघाटलाई प्राथमिकताका साथ अगाडी बढाएको साथै स्थलगत रुपमा सहकारीमा विद्यमान समस्याहरु संकलन गर्ने तर्फ अग्रसर रहेको समेत जानकारी गराउदै सहकारी अर्थतन्त्रको एक बलियो खम्बा रहेकाले सवै मिलेर यसलाई दिगो र सदस्यमुखि बनाउन सकेमा मात्र सहकारीको अर्थ लाग्न सक्दछ । सहकारीलाई व्यक्तिवादी, स्वार्थ केन्द्रित नभई सेवाको भावले अगाडी बढाउन समेत आग्रह गर्नु भएको थियो । कार्यपत्र प्रस्तुतीका रुपमा प्रदेशमा कार्यक्षेत्र रहेका सवै सहकारीका विषय सहितको तथ्याङक प्रस्तुती गदै अनुगमनका क्रममा सस्थाले पल्र्सका सिद्धान्तलाई आत्मसाथ गरेका,कार्यविधि मार्फत संस्था सञ्चालन तथा विनियमका विषयमा जानकारी लिई सोही बमोजिम चलेका संस्थाहरु प्राय नेफ्स्कूनको सदस्य रहेको र विधि कार्यक्रममा रहेको जानकारी दिदै खुसी व्यक्त गर्नुभएको थियो । 

१४० जनाको सहभागीता रहेको गोष्ठीको दोस्रो सत्रमा संघका वरिष्ठ अधिकृत कोमलराज अधिकारीले एफ डब्लु राईफाईसनका जीवनी संगै वहाँले देखाउनु भएको मार्गदर्शन तथा सिद्धान्त अनुसार संस्था चल्नु पर्ने र सदस्यहरुको वैचारीक सहभागिताका लागि सदस्य शिक्षा, सहकारीको उद्देश्य केन्द्रीत भई संस्था सञ्चालन गर्दा दिगोहुने, सहकारीको नियमनमा विश्वव्यापी अभ्यास, नेपालमा वर्तमान सहकारी कानुनी वातावरण, र बँदलिदो परिस्थितिमा संस्थालाई अनुकुलन गर्नको लागि र नियमन भन्दा पहिला स्वनियमन भएकोले नेफ्स्कूनले सञ्चालनमा ल्याएको स्क्यान कार्यक्रम मार्फत आफ्ना सहकारीहरुलाई स्वमूल्यांकन गर्दै स्वनियमनमा चल्न त्यस कार्यक्रमले सहयोग पुर्याउने कुरा राख्नुभएको थियो ।  


 

भर्खरै
नेफ्स्कून र नवोदय साकोसबीच ‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
नेफ्स्कून र नवोदय साकोसबीच ‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२२ घण्टा अगाडि

मकवानपुर स्थित नमुना प्रगती साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
मकवानपुर स्थित नमुना प्रगती साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ घण्टा अगाडि

पर्सा स्थित विरगंज साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
पर्सा स्थित विरगंज साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२४ घण्टा अगाडि

समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिनभित्र ऋण तिर्न चेतावनी
समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिनभित्र ऋण तिर्न चेतावनी

१ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरीवेक्षण सम्पन्न 

१ दिन अगाडि

कृषि पेशामा संलग्न सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
कृषि पेशामा संलग्न सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

१ दिन अगाडि

मकवानपुर स्थित सञ्जीवनी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
मकवानपुर स्थित सञ्जीवनी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

वारा स्थित संगालो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
वारा स्थित संगालो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
पाठकबाट थप