राईफाईसनको २०८औं जन्मजयन्ती कोशी प्रदेश मोरङमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राईफाईसनको २०८औं जन्मजयन्ती कोशी प्रदेश मोरङमा

मोरङ । नेफ्स्कूनको आयोजनामा एफ।डब्लु।राईफाईसनको २०८औं जन्मजयन्तीको अवसरमा मोरङको उर्लाबारीमा परिवर्तित कानुनी वातावरणमा नियमित निरीक्षण तथा अनुगमन सुदृढीकरण सम्बन्धी परामर्श गोष्ठी चैत्र १६ गते सम्पन्न भएको छ । 

नेफ्स्कून महासचिव घनश्याम अधिकारीको अध्यक्षता तथा कोशी प्रदेश सरकारको उद्योग कृषि तथा सहकारी मन्त्री माननिय ईसा्रईल मन्सुरी को प्रमुख आतिथ्यतामा  सञ्चालन भएको कार्यक्रममा विशेष अतिथिको रुपमा प्रदेश सहकारी रजिस्टार भुपेन्द्र खनाल,राष्ट्रिय सहकारी महासंघ नेपालकी सञ्चालक योगमाया सुवेदी,नेफ्स्कून पूर्व सञ्चालक सदस्य तथा स्थिरीकरण कोष सञ्चालक सदस्य गोमा नेपाल नेफ्स्कून पुर्व कोषाध्यक्ष केशव प्रसाद पोखरेल, तथा अतिथिहरु प्रदेश बचत तथा ऋण सहकारी संघ लि.कोशी प्रदेशका अध्यक्ष हरी प्रसाद सुवेदी, मोरङ बचत तथा ऋण सहकारी संघका बरीष्ठ उपाध्यक्ष एकराज निरौला लगायत सहकारी अभियान कर्मीहरुको आतिथ्यतामा कोशी प्रदेशका साकोस बाट २०० जना सहकारी कर्मीहरुको उपस्थिीतीमा कार्यक्रम सञ्चालन भएको थियो । 

कार्यक्रममा नेफ्स्कून सञ्चालक शालिकराम ढकालले उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्यद्धारा स्वागत गर्नु भएको थियो भने सञ्चालन तथा सहजिकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत नविनराज दाहालले गर्नुभएको थियो । दाहालले राईफाईसन डे को महत्व, परिवर्तित कानुनी वातावरणमा नियमित निरीक्षण तथा अनुगमन सुदृणीकरण सम्बन्धी विषय बस्तुहरुको प्रस्तुति दिँदै संस्थाहरु लाई संघले नियमित निरीक्षण तथा अनुगमन गर्नु पर्छ भन्ने बारेमा प्रकाश पार्नु भएको थियो । प्रस्तुतिकरण पश्चात  संघ संस्थाहरु बाट उठेका सवालहरुको जवाफमा सहकारी रजिस्टार भुपेन्द्र खनालले राज्यको निकायहरुले जारी गरेका कानुनहरु निर्देशनहरु किन पालना गर्नु पर्छ बचत तथा ऋणको कारोबार गर्ने संघ संस्थाहरुले कसरी सुरक्षित ऋण लगानि तथा बचत परिचालन गर्ने भन्ने लगायत बिषयहरुमा प्रस्ट धारणा राख्नुभएको थियो । 

कोशी प्रदेश सरकारका उद्योग कृषि तथा  सहकारी मन्त्री माननिय ईसा्रईल मन्सुरीले कोशी प्रदेश सरकारले सहकारी संघ संस्थाहरुको समस्या, सदस्यहरुको  बचत सुरक्षण र फिर्ताका लागि कानून नै परिवर्तन गरेर भएपनि समस्याको समाधान गर्ने, संस्थाहरुलाई सहजिकरण गर्ने आगामि बजेटमै सहकारीका सवाल सम्बोधन हुनेगरि मन्त्रालयले तयारी गरिरहेको जानकारी गराउनु भयो । 

कार्यक्रमका अध्यक्ष नेफ्स्कून महासचिव घनश्याम अधिकारी ले  राईफाईसनको गर्बिलो ईतिहासलाई सम्झदै २०८औं राईफाईसन डे विश्वभर मनाइरहेको जानकारी गराउनु भयो । उपस्थित सम्पुर्ण अभियानकर्मीहरुलाई धन्यवाद दिदै संघले साकोसहरुको नियमित निरिक्षण अनुगमन गरिरहेको साथै साकोसहरुले समुदायमा आधारीत सदस्य केन्द्रीत, राज्य तथा नियामकीय निकायहरुले निर्दीष्ट गरेको कानुन तथा निर्देशन बमोजिम साकोस सञ्चालन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । हालको अवस्थामा संघले साकोसहरुको वृद्धी  बिकास र दिगो साकोस सञ्चालनको अवधारणा सेवाहरु तथा बचत ऋण परिचालन को अवस्था तथा राईफाईसनले देखाउनु भएको मार्ग चित्र  अनुरुप साकोस सञ्चालन गर्नु पर्ने धारणा र कार्यक्रममा उठेका सवालहरु प्रस्ट पार्दै उपस्थित सबैलाई विषेश धन्यवाद व्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा नेफ्स्कून पुर्व सञ्चालक केशव प्रसाद पोखरेल तथा  जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङ का बरिष्ठ उपाध्यक्ष एकराज निरौला, राष्ट्रिय सहकारी महासंघ नेपालका सञ्चालक योगमाया सुवेदीले बर्तमान सहकारीको अवस्था र अवलम्बन गर्नु पर्ने बिषयको बारेमा आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमको समग्र व्यवस्थापन नेफ्स्कून झापा र सुनसरी सदस्य सेवा कार्यालयको कर्मचारीहरुको रहेको थियो । 

भर्खरै
सहकारी सुशासन सुदृढीकरणका लागि न्यु धौलागिरि साकोसको अनुगमन
सहकारी सुशासन सुदृढीकरणका लागि न्यु धौलागिरि साकोसको अनुगमन

१ दिन अगाडि

नेफ्स्कूनद्वारा राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा शुभकामना
नेफ्स्कूनद्वारा राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा शुभकामना

२ दिन अगाडि

नेफ्स्कूनमा आ.व. २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट निर्माण कार्यशाला सुरु
नेफ्स्कूनमा आ.व. २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट निर्माण कार्यशाला सुरु

२ दिन अगाडि

नेफ्स्कूनद्वारा मितेरी साकोसको अनुगमन, सुशासन र वित्तीय सुधारमा जोड
नेफ्स्कूनद्वारा मितेरी साकोसको अनुगमन, सुशासन र वित्तीय सुधारमा जोड

२ दिन अगाडि

साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन

३ दिन अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि सिर्जना महिला साकोसमा नेफ्स्कूनको अनुगमन
सहकारी सुशासन सुदृढीकरणका लागि सिर्जना महिला साकोसमा नेफ्स्कूनको अनुगमन

३ दिन अगाडि

सहकारी सुदृढीकरण अभियान अन्तर्गत प्यासिफिक साकोसको सुपरिवेक्षण
सहकारी सुदृढीकरण अभियान अन्तर्गत प्यासिफिक साकोसको सुपरिवेक्षण

४ दिन अगाडि

प्यूठान स्थित जुम्री बाँहाजोरी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरीवेक्षण
प्यूठान स्थित जुम्री बाँहाजोरी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरीवेक्षण

४ दिन अगाडि

लोकप्रिय
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

५ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१५ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

१५ दिन अगाडि

नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन
नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन

१४ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरीवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप