राईफाईसनको २०८औं जन्मजयन्ती गण्डकी प्रदेश पोखरामा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राईफाईसनको २०८औं जन्मजयन्ती गण्डकी प्रदेश पोखरामा

पोखरा । नेफ्स्कूनको आयोजनामा एफ.डब्ल.राईफाईसनको २०८औं जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश पोखरामा परिवर्तित कानुनी वातावरणमा नियमित निरीक्षण तथा अनुगमन सुदृढीकरण सम्बन्धी परामर्श गोष्ठी चैत्र १६ गते सम्पन्न भएको छ । 

नेफ्स्कून उपाध्यक्ष शान्ती अधिकारीको अध्यक्षता तथा गण्डकी प्रदेश सहकारी कार्यालय रजिस्टार भेषराज रिजालको आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा नेफ्स्कूनका सञ्चालक कमला देवी गिरी, नेफ्स्कूनका निवर्तमान सञ्चालक तथा बागलुङ बचत संघका अध्यक्ष चण्डी प्रसाद शर्मा, नेफ्स्कूनका निवर्तमान सञ्चालक भिम गुरुङ, कास्की जिल्ला सहकारी संघका अध्यक्ष दिपक बास्तोला,कास्की जिल्ला बचत संघका अध्यक्ष शेर बहादुर कार्की, सि.एम.सि. कास्कीका अध्यक्ष मोहन प्रसाद अधिकारी,नेफ्स्कून व्यवस्थापन उपसमिती सदस्य रुद्रनाथ पौडेल,भिम प्रसाद गौतम, नेफ्स्कूनका सञ्चालक कमला देवी गिरी लगायत सहकारी अभियान कर्मीहरुको आतिथ्यतामा गण्डकी प्रदेशका साकोसबाट २०० जना सहकारी कर्मीहरुको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो । 

प्रमुख अतिथि भेषराज रिजालले समग्र  गण्डकी प्रदेशको सहकारी सस्थाको अवस्था र सहकारीमा देखिएका मुलभूत समस्याहरु समधानका केही उपायहरुको वारेमा प्रस्तुति दिनुभयो । 

आफ्ना समय सान्दर्भिक भनाईहरु राख्दै, कार्यक्रमको उद्धेश्यमाथी प्रकाश पार्दै नेफ्स्कूनका सञ्चालक कमला देवी गिरीले परिवर्तित कानूनी वातावरणमा नियमित निरिक्षण तथा अनुगमन सुदृढिकरण सम्बन्धि प्रस्तुतिकरण, राईफाईसनका जीवनी र उनले देखाएको बाटोमा उहाँका सिद्धान्तहरुलाई पछ्याइरहनु पर्ने धारणा सहित स्वागत मन्तव्य राख्नुभएको थियो । 

समापनमा कार्यक्रमका अध्यक्ष शान्ती आधिकारीले राइफाइजनले देखाएको “आफ्नो बलमा विकास” भन्ने अवधारणाले आज पनि सहकारी आन्दोलनलाई मार्गदर्शन गरिरहेको छ । सहकारी संस्था केवल आर्थिक कारोबार गर्ने माध्यम मात्र नभई सदस्यहरूको जीवनस्तर सुधार्ने सामाजिक अभियान भएकाले । हामी सबैले पारदर्शिता, उत्तरदायित्व र सदस्य केन्द्रित सेवा मार्फत सहकारीलाई अझ विश्वासिलो बनाउन आवश्यकता भएको बताउनुभयो ।

नेफ्स्कूनका निवर्तमान सञ्चालक भिम गुरुङले सहकारी सस्थामा अधिक मात्रामा तरलता रहेको अवस्थामा सहकारी लाई उत्पादनशिल र उघमशीलतामा जोड्नु पर्ने । सहकरी क्षेत्रको क्षमता विकासको लागी छलफलको विषय बनाउनुमा जोड दिनुभयो ।

नेफ्स्कूनका निवर्तमान सञ्चालक तथा बागलुङ बचत संघका अध्यक्ष चण्डी प्रसाद शर्माले २०८ औ राईफनईसन डे किन के का लागी र यसको प्रभाव सहकारी क्षेत्रमा के कस्तो छ भन्ने बिषय राख्नुका साथै परिवर्तित सन्दर्भमा बाच्नको लागी रुपान्तरण हुनुपर्नेमा जोड दिनुभयो । नेफ्स्कूनका प्राचार्य बल्लभ तिमल्सिनाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । 


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप