गुइत: साकोस ‘स्क्यान’ कार्यक्रममा आबद्ध, गुणस्तर र जोखिम व्यवस्थापनमा नयाँ पहल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गुइत: साकोस ‘स्क्यान’ कार्यक्रममा आबद्ध, गुणस्तर र जोखिम व्यवस्थापनमा नयाँ पहल

काठमाडौं । ललितपुर स्थित गुइत: बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेफ्स्कूनको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम ‘स्क्यान’ मा औपचारिक रूपमा चैत्र १७ गते आबद्ध भएको छ । यससँगै संस्थाले आफ्ना सेवा, सञ्चालन प्रणाली तथा जोखिम व्यवस्थापनलाई थप व्यवस्थित र गुणस्तरीय बनाउने दिशामा महत्वपूर्ण कदम चालेको छ ।

नेफ्स्कूनले आफ्नो ३८औं स्थापना दिवसको अवसर पारेर साकोसहरूको दिगो विकास, जोखिम न्यूनीकरण तथा संस्थागत सुदृढीकरणलाई लक्षित गर्दै ‘स्क्यान’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । यस कार्यक्रमलाई विगतमा सञ्चालन भएका एक्सेस, प्रोवेसन तथा कब्र्स जस्ता कार्यक्रमहरूबाट प्राप्त अनुभव, सिकाइ र अभ्यासहरूको आधारमा थप परिमार्जन गरी एकीकृत स्वरूपमा अघि बढाएको हो । ‘स्क्यान’ कार्यक्रम साकोसहरूको गुणस्तर सुनिश्चितता, जोखिम सुपरिवेक्षण, व्यवस्थापकीय क्षमता विकास, स्वनियमन प्रवद्र्धन तथा नियामकीय सक्षमता अभिवृद्धिको एक समग्र अवधारणामा आधारित रहेको छ । नियमित रूपमा निरीक्षण तथा अनुगमन गर्दै संस्थाको वित्तीय तथा व्यवस्थापकीय अवस्थाको विश्लेषण गरिने र त्यसका आधारमा जोखिमको स्तर निर्धारण गरी आवश्यक सुधारात्मक उपायहरू अवलम्बन गरिने व्यवस्था यस कार्यक्रममा समेटिएको छ ।

कार्यक्रम सदस्यहरूको लागत सहभागितामा सञ्चालन गरिने भएकाले यसले संस्थाहरूमा उत्तरदायित्व र स्वामित्व भावना समेत अभिवृद्धि गर्ने अपेक्षा गरेको छ । यसका साथै, समय–समयमा प्राप्त हुने प्रतिवेदन, सुझाव तथा सूचकहरूको आधारमा साकोसहरूले आफ्ना नीति, प्रक्रिया तथा सेवा प्रवाहलाई परिमार्जन गर्न सक्नेछन् ।
संघमा आबद्ध सबै सदस्य साकोसहरूलाई यस कार्यक्रममा समेट्ने दीर्घकालीन योजनाअनुरूप हाल स्क्यान कार्यक्रममा आबद्ध हुने क्रम तीव्र गतिमा अघि बढिरहेको छ । यसले सहकारी क्षेत्रमा एकरूपता, पारदर्शिता तथा व्यावसायिकता प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत शौभाग्य भट्टराईले स्क्यान कार्यक्रम साकोसहरूको समग्र सुदृढीकरणका लागि महत्वपूर्ण औजारको रूपमा स्थापित हुने धारणा व्यक्त गर्नुभयो । “नियमित निरीक्षण, तथ्यमा आधारित मूल्याङ्कन र समयमै सुधारात्मक कदम चाल्ने अभ्यासले संस्थालाई दीर्घकालीन रूपमा सुरक्षित, सक्षम र विश्वसनीय बनाउँछ । स्क्यान कार्यक्रम त्यही दिशामा केन्द्रित रहेको बताउनुभयो ।”

त्यस्तै, शिशिर अधिकारीले सहकारी क्षेत्रमा गुणस्तर, पारदर्शिता र सुशासन अभिवृद्धिका लागि यस्ता कार्यक्रमहरूको अपरिहार्यता औंल्याउँदै, “साकोसहरूको दिगो विकासका लागि केवल सेवा विस्तार मात्र पर्याप्त हुँदैन, त्यसका लागि सुदृढ प्रणाली, स्वनियमन र प्रभावकारी जोखिम व्यवस्थापन अनिवार्य भएको र स्क्यान कार्यक्रमले यही पक्षलाई मजबुत बनाउने कुरा व्यक्त गर्नुभयो ।”

संस्थाका अध्यक्ष राजेन्द्र महर्जनले स्क्यान कार्यक्रममा आबद्ध हुनु संस्थाका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसले संस्थागत सुधारको नयाँ चरण सुरु गर्ने विश्वास व्यक्त गर्नुभयो । “हामीले सदस्यहरूलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेका छौं । स्क्यान कार्यक्रममा आबद्ध भएसँगै हाम्रो संस्थाको आन्तरिक प्रणाली, जोखिम व्यवस्थापन र सेवा प्रवाहमा थप सुधार आउने अपेक्षा गरेको बताउनुभयो ।”

उक्त कार्यक्रममा नेफ्स्कूनका प्रतिनिधिहरू तथा संस्थाका पदाधिकारी र कर्मचारीहरूको उपस्थिति रहेको थियो, जसमा कार्यक्रम अधिकृत शौभाग्य भट्टराई, शिशिर अधिकारी तथा कार्यालय सहायक सुनिता महर्जनको सहभागिता रहेको थियो । स्क्यान कार्यक्रमको उद्देश्य, कार्यविधि तथा अपेक्षित उपलब्धिहरूका बारेमा विस्तृत जानकारी आदान–प्रदान गरिएको थियो ।

सहकारी क्षेत्रलाई अझ व्यवस्थित, पारदर्शी र दिगो बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘स्क्यान’ कार्यक्रमले आगामी दिनमा साकोसहरूको संस्थागत विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा रहेको छ ।

भर्खरै
लुम्बिनीमा सहकारी संघहरूको वित्तीय कारोबार व्यवस्थापनबारे अन्तरक्रिया 
लुम्बिनीमा सहकारी संघहरूको वित्तीय कारोबार व्यवस्थापनबारे अन्तरक्रिया 

१७ घण्टा अगाडि

दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 

२ दिन अगाडि

उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन
उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन

२ दिन अगाडि

महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

४ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

४ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

४ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

५ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

४ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

४ दिन अगाडि

महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 

२ दिन अगाडि

Notice
Notice

१२ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२८ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२६ दिन अगाडि

उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन
उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन

२ दिन अगाडि

पाठकबाट थप