नेफ्स्कूनका सल्लाहकारहरुको बैठक सम्पन्न, भावी रणनीतिमा गहन छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनका सल्लाहकारहरुको बैठक सम्पन्न, भावी रणनीतिमा गहन छलफल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सङ्घ्को सल्लाहकारहरूको बैठक चैत्र १७ गते सम्पन्न भएको छ । बैठकमा संघको वर्तमान अवस्था, हालसम्म हासिल भएका उपलब्धिहरू तथा देखा परेका चुनौतीहरूको समग्र समीक्षा गर्दै भावी रणनीति र मार्गचित्र सम्बन्धमा गहन र सार्थक छलफल भएको थियो ।

बैठकमा संघका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत तथा सल्लाहकारहरूको उपस्थितिमा बसेको बैठकमा विशेषगरी सहकारी क्षेत्रसँग सम्बन्धित हालका कानुनी व्यवस्थाहरू, त्यसबाट सिर्जित अवसरहरू तथा सम्भावित चुनौतीहरूका विषयमा विस्तृत रूपमा विचार–विमर्श गरिएको थियो । छलफलका क्रममा सल्लाहकारहरूले आफ्ना अमूल्य अनुभव, दूरदर्शी दृष्टिकोण तथा व्यावहारिक सुझावहरू प्रस्तुत गर्दै संघलाई अझ सुदृढ, पारदर्शी र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण मार्गदर्शन प्रदान गर्नुभएको छ ।

उक्त बैठकले संघको दीर्घकालीन लक्ष्य हासिल गर्ने क्रममा आवश्यक नीतिगत स्पष्टता, रणनीतिक दिशा तथा कार्यान्वयन क्षमतामा थप ऊर्जा, प्रेरणा र प्रतिबद्धता अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप