ऋण असुली तथा आन्तरिक कार्यविधि निर्माण कार्यशाला
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ऋण असुली तथा आन्तरिक कार्यविधि निर्माण कार्यशाला

काठमाडौं । नेफ्स्कूनको आयोजनामा सञ्चालित एक दिवसीय ऋण असुली तथा आन्तरिक कार्यविधि निर्माण कार्यशाला चैत्र १८ गते नयाँ बानेश्वर अल्फा हाउसमा सम्पन्न भएको छ । 

कार्यशालाको उद्देश्य सहकारी संस्थाहरूमा ऋण असुली प्रक्रिया व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने आन्तरिक कार्यविधि तयार गर्नु रहेको छ । सहभागीहरूले ऋण व्यवस्थापन, जोखिम न्यूनीकरण, कानुनी पक्ष तथा सदस्यहरूसँगको समन्वयजस्ता विषयमा छलफल गरेका थिए । 

कार्यक्रमहरूले सहकारी संस्थाहरूलाई दिगो र जिम्मेवार बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ । १६ जनाको सहभागीतामा भएको कार्यशालामा नेफ्स्कूनका बरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले सहजीकरण गर्नुभएको थियो ।  कर्जा असुली न्यायाधिकरण सम्बन्धी कानूनी तथा व्यवहारिक पक्षहरु,न्यायाधिकरणको अवधारणा, कानूनी व्यवस्था,कर्जा असुली न्यायाधिकरणमा उजुरी गर्दा उजुरी प्रतिवेदनमा खुलाउनुपर्ने कुराहरु र सम्बन्धीत ऐन नियमहरुका बारेमा प्रशिक्षण गर्दै यस कार्यशालामा सिकेका कुरा संस्थामा गएर लागु गर्न समेत आग्रह गर्नुभएको छ । 

कानुनी प्रक्रियामा रहेर ऋण असुली तथा धितो लिलामीका प्रभावकारी उपाय, धितो लिलामी प्रक्रिया, धितो सकार गर्ने प्रक्रिया, कालो सूचि, सहकारी नीति तथा ऐनहरूको विषयमा प्रस्तुतीकरण रहेको थियो । तालिम अत्यन्त उपलब्धिमूलक र समयसान्दर्भिक रहेको सहभागीहरुको भनाई थियो ।  

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप