समता साकोस र नेफ्स्कूनबीच ‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
समता साकोस र नेफ्स्कूनबीच ‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

काठमाडौं । ललितपुर स्थित समता बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बीच ‘सुपरभाइजरी चेक्स एण्ड एनालाइसिस फर नेभिगेसन (स्क्यान) कार्यक्रम कार्यान्वयन सम्बन्धी सम्झौता चैत्र १९ गते सम्पन्न भएको छ ।

सहकारी संस्थाहरूको गुणस्तर अभिवृद्धि, जोखिम पहिचान तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले सम्झौता गरिएको हो । स्क्यान कार्यक्रम नेफ्स्कूनद्वारा विकास गरिएको एक एकीकृत अनुगमन तथा सुपरिवेक्षण प्रणाली हो, जसले साकोसहरूको वित्तीय तथा संस्थागत अवस्थाको नियमित मूल्याङ्कन गर्ने व्यवस्था गर्दछ ।

सम्झौता अनुसार समता साकोसले आफ्नो संस्थागत सञ्चालन, वित्तीय अवस्था, आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापनका विभिन्न पक्षहरूमा नियमित रूपमा मूल्याङ्कन गराउनेछ । यसका आधारमा नेफ्स्कूनले संस्थालाई आवश्यक प्राविधिक सहयोग, सुझाव तथा सुधारात्मक उपायहरू प्रदान गर्नेछ ।

कार्यक्रमको मुख्य उद्देश्य साकोसहरूलाई सुरक्षित, दिगो र पारदर्शी बनाउनुका साथै सदस्यहरूको बचत तथा लगानीको संरक्षण गर्नु रहेको छ। स्क्यान कार्यक्रममार्फत सम्भावित जोखिमहरूको पहिचान गरी समयमै व्यवस्थापन गर्न सकिने विश्वास लिइएको छ ।

सम्झौता कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत शौभाग्य भट्टराईले स्क्यान कार्यक्रम सहकारी क्षेत्रको गुणस्तरीय रूपान्तरणका लागि महत्वपूर्ण औजार भएको उल्लेख गर्दै, “नियमित अनुगमन, तथ्यमा आधारित मूल्याङ्कन र सुधारात्मक हस्तक्षेपले संस्थालाई दीर्घकालीन रूपमा बलियो र विश्वसनीय बनाउँने धारणा राख्नुभयो ।”
त्यस्तै, शिशिर अधिकारीले साकोसहरूमा सुशासन, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धिका लागि स्क्यान कार्यक्रम प्रभावकारी माध्यम हुने बताउनुभयो । “जोखिमलाई समयमै पहिचान गरेर व्यवस्थापन गर्न सके मात्र संस्था दिगो रूपमा अगाडि बढ्न सक्ने,” बताउनुभयो । 

समता साकोसका व्यवस्थापक ज्ञान बहादुर अवालेले स्क्यान कार्यक्रममा आबद्ध हुनु संस्थाका लागि महत्वपूर्ण उपलब्धि भएको जनाउँदै, “यस सम्झौताले हाम्रो संस्थालाई अझ व्यवस्थित, पारदर्शी र सदस्य केन्द्रित बनाउन सहयोग पु¥याउनेछ । जोखिम व्यवस्थापन र सेवा गुणस्तरमा सुधार ल्याउने दिशामा महत्वपूर्ण कदम भएको बताउनुभयो । 

सम्झौता कार्यक्रममा नेफ्स्कूनका प्रतिनिधिहरू तथा संस्थाका पदाधिकारी र कर्मचारीहरूको उपस्थिति रहेको थियो, जसमा कार्यक्रम अधिकृत शौभाग्य भट्टराई, शिशिर अधिकारी, समता साकोसका व्यवस्थापक ज्ञान बहादुर अवाले तथा कर्मचारी सजिना अवालेको सहभागिता रहेको थियो । कार्यक्रममा स्क्यान   कार्यक्रमको कार्यविधि, सूचकहरू तथा कार्यान्वयन प्रक्रियाबारे विस्तृत जानकारी आदान–प्रदान गरिएको थियो ।

सहकारी क्षेत्रलाई अझ व्यवस्थित, पारदर्शी र दिगो बनाउने उद्देश्यसहित सञ्चालन गरिएको ‘स्क्यान’ कार्यक्रमले आगामी दिनमा सदस्य साकोसहरूको संस्थागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा नेफ्स्कूनले गरेको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप