क्युरिमा ३६० कार्यशाला ललितपुरमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
क्युरिमा ३६० कार्यशाला ललितपुरमा सम्पन्न

ललितपुर ।  नेफ्स्कून सदस्य सेवा कार्यालय ललितपुरको आयोजनामा ग्वार्कोमा क्युरिमा ३६० कार्यशाला चैत्र १८ गते सम्पन्न भएको छ । 

कार्यक्रममा ललितपुर, भक्तपुर र काठमाडौं जिल्लाका सहकारी संस्थाबाट ३७ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहकारी संस्थाहरूको संस्थागत सुदृढीकरण, जोखिम व्यवस्थापन, कानुनी सचेतना तथा समसामयिक विषयहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको हो ।

कार्यक्रमका नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी क्षेत्रका वर्तमान अवस्था, चुनौती र अवसरबारे मन्तव्य व्यक्त गर्दै सहकारीहरूलाई पारदर्शिता, सुशासन र सदस्यमुखी सेवामा केन्द्रित हुन आग्रह गर्नुभयो । बदलिँदो आर्थिक परिवेशमा सहकारी संस्थाहरूले नवप्रवर्तन र प्रभावकारी व्यवस्थापन मार्फत आफ्नो भूमिका अझ सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले क्युरीमा सम्बन्धी विस्तृत सत्र सञ्चालन गर्नुभयो । सहकारीहरूको जोखिम पहिचान, अनुगमन प्रणाली, वित्तीय अनुशासन तथा संस्थागत स्वास्थ्य सुधारका व्यावहारिक उपायहरूबारे जानकारी दिनुभयो । सहभागीहरूले क्युरीमा कार्यक्रमले  संस्थाको दीर्घकालीन स्थायित्वमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन ।

कार्यक्रममा अधिवक्ता प्रियहरी भण्डारीले ऋण असुली प्रक्रिया, कर्जा असुली न्यायाधिकरण, कर्जा सूचना केन्द्र लगायतका कानुनी विषयहरूमा विस्तृत प्रस्तुति दिनुभयो । सहकारी संस्थाहरूले कानुनी प्रक्रिया अवलम्बन गर्दा अपनाउनुपर्ने सावधानी, आवश्यक कागजात तथा व्यवहारिक पक्षहरूबारे स्पष्ट पार्नुका साथै सहभागीहरूसँग अन्तरक्रिया समेत गर्नुभयो। यस सत्रले सहकारीहरूलाई ऋण व्यवस्थापन र कानुनी जोखिम न्यूनीकरणमा महत्वपूर्ण मार्गदर्शन प्रदान गरेको सहभागीहरूको भनाइ रहेको थियो ।

कार्यक्रममा कार्यक्रम अधिकृत शौभाग्य भट्टराईको समन्वय तथा सहजीकरणमा सहायकहरू शिशिर अधिकारी, अनित चौधरी र सूचना महर्जनको उपस्थिति रहेको थियो । कार्यशालाभर सहभागीहरूबीच अनुभव आदान–प्रदान, समूह छलफल तथा व्यावहारिक सिकाइलाई प्राथमिकता दिइएको थियो ।

समग्रमा, क्युरिमा ३६० कार्यशालाले सहकारी संस्थाहरूको संस्थागत क्षमता अभिवृद्धि, कानुनी तथा वित्तीय ज्ञान विस्तार र जोखिम व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयनतर्फ महत्वपूर्ण योगदान पु¥याएको निष्कर्ष निकालिएको छ । सहभागीहरूले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउँदै आगामी दिनमा अझ विस्तारित रूपमा सञ्चालन गर्न आग्रह गरेका छन् ।


        

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप