६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा नेफ्स्कूनको नवनिर्मित भवन उद्घाटन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा नेफ्स्कूनको नवनिर्मित भवन उद्घाटन

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले ६९औं राष्ट्रिय सहकारी दिवस २०८२ को अवसरमा उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता को मुल नारा सहित चैत्र २० गते आफ्नो नव निर्मित भवन उद्घाटन गरेको छ ।

चैत्र २० गते, ६९औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर संघको पूर्ण रुपमा निर्माण सम्पन्न ७ तले नवनिर्मित भवनको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले गर्नुभएको थियो । संघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा आयोजित भवन उद्घाटन समारोहमा प्रमुख अतिथि गभर्नर पौडेल, राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष खगराज शर्मा, पूर्व मन्त्री एवं राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव बडाल, नेफ्स्कूनका निवर्तमान अध्यक्ष एवं सल्लाहकार परितोष पौड्याल, पूर्व अध्यक्ष एवं सल्लाहकार डी.बी. बस्नेत, पूर्व अध्यक्ष एवं सल्लाहकार मिनराज कडेल, सहकारी विभागका उप रजिष्ट्रार शशि कुमार लम्साल, सञ्चालक समिति सदस्यहरु, लेखा समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, पूर्व सञ्चालक, नेफ्स्कूनका पूर्व सिइओहरु,  डीएस्आईके जर्मनीका प्रतिनिधि लाउरा, राष्ट्रिय सहकारी महासंघका पूर्व महाप्रबन्धक लगायत सहकारी अभियानकर्मीहरु र नेफ्स्कूनको व्यवस्थापन तहका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीद्वारा सञ्चालन गरिएको समारोहमा प्रमुख व्यक्तित्व गभर्नर विश्वनाथ पौडेलले विचलित तथा आय आर्जन कम भएका, तथा कोहि नभएकाहरुलाई व्यवसायी बनाउन आत्मनिर्भर र स्वरोजगार बनाउन मातहतमा रहेका सहकारी संघहरुले प्रशिक्षण गराएर व्यवसायी बनाउनुपर्ने कुरामा जोड दिनुभएको थियो । आफ्नो मेहनतका उव्जनीहरुको मुल्य उनीहरुलाई पनि थाहा होस् । आर्थिक रुपमा तल्लो स्तरमा भएकाहरुलाई प्रोत्साहन स्वरुप जति हौसला प्रद्धान गर्छौ त्यतिनै देशले मुहार फेर्छ र देशको दिगो विकास हुने कुरा व्यक्त गर्दै सहकारी दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो । 

प्राधिकरणका अध्यक्ष खगराज शर्माले सहकारीहरुलाई सुशासनको बाटोमा लैजान, खराव सोचले खोलिएका सहकारी संस्थाहरुलाई नियमन र असल बाटो देखाउनका लागि प्राधिकरणको स्थापना भएको बताउनुभयो । सहकारी जुन मुल उश्द्देयका लागि खोलिएको हो, सोही उद्देश्यका साथ काम गर्नुपर्ने र अर्थतन्त्रलाई चलायमान गराउन सहकारीको योगदान महत्वपूर्ण हुने बताउनुभयो । उहाँले नेपालको ग्रामीण अर्थतन्त्रको अवस्थालाई उजागर गर्दै सहकारी मार्फत ग्रामीण क्षेत्रका मध्यम र विपन्न परिवारलाई वित्तीय कारोबारमा अग्रसर गराउँदै आर्थिक उपार्जन र आय आर्जनको क्षेत्रमा लगाउनुपर्नेमा जोड दिनुभयो ।  सदस्यहरुलाई सानोसानो बचत को सुरुवात गर्न सिकाउने सहकारीले आज देशभर बाट ठूलो पुँजी निर्माण गर्न सफल भएको स्पष्ट पार्दै उक्त पुँजीलाई सदस्यहरुको गुणस्तरीय जीवन स्तर निर्माणमा लगाउनुपर्ने सुझाव व्यक्त गर्नुभयो । 

आज कहिँ कतै सहकारी संस्थालाई गलत ढंगबाट परिचालन गरिँदा र संस्थामा भएको रकम व्यक्तिगत तरिकाले प्रयोग गरेका कारणले सहकारी अभियान नै अप्ठ्यारो परिस्थितिमा पुगेको जिकिर गर्नुभयो । 

पूर्व मन्त्री केशव बडालले सहकारी क्षेत्रको अवस्थाबारे गम्भीर टिप्पणी गर्दै सहकारी क्षेत्र कमजोर (धरासायी) हुनुमा माथिल्लो निकायहरूको कमजोरी रहेको उहाँले बताउनुभयो । सहकारी संस्थाहरू स्थापना त गरियो, तर तिनलाई उचित रूपमा मार्गदर्शन र संरक्षण (लालनपालन) गर्न नसकिएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । सहकारीहरू साना र ठूला दुबै प्रकारका हुने भएकाले प्रत्येकको आफ्नै भूमिका हुने र  सहकारी क्षेत्रलाई पूर्ण रूपमा दबाउने वा अत्यधिक नियन्त्रण गर्ने भन्दा पनि सन्तुलित नियमन आवश्यक रहेको संकेत गर्नुभयो ।

नेफ्स्कूनका उपाध्यक्ष शान्ती अधिकारीले कार्यक्रमको समापन गर्दै विश्वमा नै सहकारीको स्थापना समुदायमा देखिएका समस्याहरू समाधान गर्ने उद्देश्यले भएको बताउनुभयो । अर्थात्, सहकारी संस्था समस्याको समाधानका लागि स्थापना भएका हुन् । तर वर्तमान अवस्थामा नेपालमा मात्र सहकारीलाई हेर्ने दृष्टिकोण फरक हुँदै गएको  छ । पहिले समस्या समाधानका लागि सुरु भएका सहकारीहरू अहिले केही हदसम्म आफैं समस्या बन्न पुगेका छन् । यसले गर्दा सहकारीप्रतिको जनविश्वासमा असर परेको छ । खराब सोच र गलत अभ्यासका कारण केही सहकारीहरू समस्यामा परेका हुन् । तर, समुदायमा आधारित भएर इमान्दारीपूर्वक सञ्चालन भइरहेका सहकारीहरूलाई पनि एक–दुई वटा खराब सहकारीका कारण गलत दृष्टिले हेरिनु दुःखद भएको बताउनुभयोे । अन्त्यमा, सहकारी संस्था स्वभावतः खराब नभएको र सही रूपमा सञ्चालन गरिएमा अझै पनि खराव नाममा परिचित सहकारी समाजका लागि उपयोगी र आवश्यक संस्था हुने धारणा व्यक्त गर्नुभयो । पूर्व अध्यक्षज्यूहरु र सल्लाहकारहरुज्यूको अभियानको आफ्नै भवन निर्माण गर्ने हुटहुटिका कारण आज नेफ्स्कूनले आफ्नै भवन निर्माण गर्न सफल भएको बताउनुभयो । आज नेपालको बचत तथा ऋण सहकारी अभियानले ३८औं बसन्त पार गर्दै गर्दा अभियानको बृद्धि विकास सँगै आफ्नै स्वामित्वसहितको भवन निर्माणको कार्यले सार्थकता पाएको प्रति सम्पूर्ण बचत ऋण सहकारी अभियानकर्मी र सदस्यहरुप्रति हार्दिक आभार साथै धन्यवाद प्रकट गर्नुभयो । 

भर्खरै
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

नेफ्स्कूनद्वारा महिला जागृती साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा महिला जागृती साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२० घण्टा अगाडि

श्री त्रिशूल साकोसमा वार्षिक कार्ययोजना तथा चारवर्षीय रणनीतिक योजना तर्जुमा कार्यशाला सम्पन्न
श्री त्रिशूल साकोसमा वार्षिक कार्ययोजना तथा चारवर्षीय रणनीतिक योजना तर्जुमा कार्यशाला सम्पन्न

२२ घण्टा अगाडि

नालाछाप प्रगतिशील महिला साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न
नालाछाप प्रगतिशील महिला साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री हरियाली स्वावलम्बन साकोसको स्थलगत सुपरिवेक्षण
नेफ्स्कूनद्वारा श्री हरियाली स्वावलम्बन साकोसको स्थलगत सुपरिवेक्षण

२ दिन अगाडि

रुकुम (पश्चिम) स्थित श्री डिग्रे शाईकुमारी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
रुकुम (पश्चिम) स्थित श्री डिग्रे शाईकुमारी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

२ दिन अगाडि

शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

२ दिन अगाडि

लोकप्रिय
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

२ दिन अगाडि

शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

२ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

नालाछाप प्रगतिशील महिला साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न
नालाछाप प्रगतिशील महिला साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना
चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना

६ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप