भक्तपुर स्थित पवित्र हलेशीधाम साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर स्थित पवित्र हलेशीधाम साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न 

भक्तपुर । सहकारी क्षेत्रमा सुशासन तथा सदस्यको बचत सुरक्षालाई प्रमुख चुनौतीका रूपमा हेरिँदै आएको सन्दर्भमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ स्थित पवित्र हलेशीधाम बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेफ्स्कूनले ‘स्क्यान’ कार्यक्रम अन्तर्गत चैत्र ०८ गते स्थलगत सुपरीवेक्षण सम्पन्न गरेको छ ।

सुपरीवेक्षणमा नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरे तथा अनुगमन सहजकर्ता नमुना सापकोटाको सहभागिता रहेको थियो । उक्त टोलीले संस्थाको वित्तीय अवस्था, जोखिम व्यवस्थापन तथा कानुनी पालना सम्बन्धी अवस्थाको गहन अध्ययन गरेको थियो ।

सुपरीवेक्षणका क्रममा संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा विशेष ध्यान दिँदै विभिन्न पक्षहरूको समीक्षा गरिएको थियो । विशेषगरी डिजिटल सुशासन र पारदर्शिता अन्तर्गत कोपोमिस प्रणालीमा तथ्याङ्क प्रविष्टिको अवस्था, गोएमएल प्रणाली मार्फत सम्पत्ति शुद्धीकरण निवारणको प्रभावकारिता, सम्पत्ति तथा दायित्व व्यवस्थापनको वैज्ञानिक विश्लेषण, तथा सदस्य केन्द्रित सेवाअन्तर्गत साधारण सभाको गुणस्तर र कार्यालय व्यवस्थापनको आधुनिक स्वरूपबारे मूल्याङ्कन गरिएको थियो ।

सुपरीवेक्षण पश्चात आयोजित रणनीतिक छलफल कार्यक्रममा कार्यक्रम अधिकृत घिमिरेले संस्थाका सबल पक्षहरू र सुधार गर्नुपर्ने क्षेत्रहरूबारे प्रस्तुति दिनुभयो। उहाँले पहिचान गरिएका सुझावहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्पष्ट सुधार कार्ययोजना आवश्यक रहेकोमा जोड दिनुभयो ।

उक्त अवसरमा संस्थाका सञ्चालक समिति तथा व्यवस्थापन टोलीले प्राप्त सुझावहरूका आधारमा तत्काल सुधार कार्ययोजना तयार गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेको छ । सहकारीप्रति सदस्य तथा समुदायको विश्वास अभिवृद्धि गर्ने लक्ष्यसहित संस्थाले स्वनियमन, आन्तरिक नियन्त्रण प्रणाली तथा वित्तीय अनुशासनलाई प्राथमिकतामा राख्दै अघि बढ्ने जनाएको छ । यस किसिमका पहलहरूले समग्र सहकारी अभियानमा सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप