सुनवल सामुदायीक साकोसमा सञ्चालक समिति र कर्मचारीको क्षमता विकास तालिम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुनवल सामुदायीक साकोसमा सञ्चालक समिति र कर्मचारीको क्षमता विकास तालिम सम्पन्न 

कपिवस्तु । सुनवल सामुदायीक बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहजीकरणमा चैत्र २० र २१ गते कपिवस्तुको लुम्बिनीमा साकोसका सञ्चालक समिति र कर्मचारीको क्षमता विकास तालिम सम्पन्न भएको छ । 

दुई दिनसम्म चलेको तालिममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र व्यवस्थापन गरी जम्मा २५ जनाको सहभागीता रहेको तालिमको उद्घाटन तथा समापन समारोहको अध्यक्षता संस्थाका अध्यक्ष गोविन्द प्रसाद ढकालले गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष शुसिला ढकालले गर्नुभएको थियो । 

उद्घाटन कार्यक्रममा संस्थाका सञ्चालक एवम् शिक्षा उपसमिति संयोजक बसन्त कुमार महतोले कार्यक्रमको उद्देश्य बारेमा प्रकाश पार्नुभएको थियो ।  नेफ्स्कूनका बरिष्ठ अधिकृत कोमल राज अधिकारीले सहकारीको अवधारणा, मुल्य मान्यता र सिद्धान्तहरुको व्यवहारिक प्रयोग संस्थामा समिति र व्यवस्थापनको भुमिका, ऋण व्यवस्थापन तथा विश्लेषण विधि, पूँजी पर्याप्तता विश्लेषण, पल्र्स अनुपात विश्लेषण र वर्तमान कानुनको विषयमा सहजिकरण गर्नुभएको थियो ।

सहकारी क्षेत्रको दिगो विकास र व्यवसायीकरणका लागि संस्थाको सञ्चालक तथा कर्मचारीहरुको क्षमता अत्यन्तै महत्वपूर्ण भएको र सहकारीका सञ्चालकहरूले जोखिम व्यवस्थापन, वित्तीय पारदर्शिता र सदस्यहरूको हितमूलक नेतृत्व क्षमता हासिल गर्नुपर्ने आवश्यकतामा जोड दिदैँ आफ्ना सहकारी संस्थाका सदस्यहरूको आर्थिक सशक्तिकरण र सामुदायिक विकासको केन्द्रबिन्दुमा सञ्चालकहरूको भूमिका अझ प्रभावकारी बनाउन तालिमको आयोजना भएको हो । 

तालिमले आवश्यक ज्ञान, सिप र दक्षता प्रदान गर्ने सञ्चालकहरूले नैतिकताको उच्च मापदण्ड कायम राख्दै, सदस्यहरूको विश्वास र समुदायको आकांक्षालाई केन्द्रमा राखेर नेतृत्व गर्नुपर्ने हुन्छ । सहकारी संस्थाको सफलताको आधार सदस्यहरूको सन्तुष्टि र विश्वास रहेको छ । सञ्चालकहरूले प्रत्येक निर्णय गर्दा सदस्यहरूको आवश्यकता र सन्तुष्टिलाई राख्नुपर्छ । साथै गोपनीयताको सिद्धान्त अत्यन्त महत्वपूर्ण रहेको र सदस्यहरूको वित्तीय कारोवार, व्यक्तिगत जानकारीहरू र संस्थागत गोपनीयता कायम गर्नु सञ्चालकहरूको नैतिक जिम्मेवारी हो ।  तालिममा सहभागिहरुले तालिमको सिकाई र अनुभव राख्दै तालिम व्यवहारिक भएको, आफुले अपेक्षा गरेको भन्दा बढीनै ज्ञान तथा सिप तालिमबाट प्राप्त गरेको र तालिममा सिकेको कुरा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप