बागमती प्रदेश माननीय मन्त्री बिनु रायमाझी पौडेलद्वारा साकोस अभियानको नव–निर्मित भवन अवलोकन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागमती प्रदेश माननीय मन्त्री बिनु रायमाझी पौडेलद्वारा साकोस अभियानको नव–निर्मित भवन अवलोकन

काठमाडौं । बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयका माननीय मन्त्री बिनु रायमाझी पौडेलले चैत्र २२ गते नेफ्स्कूनको नव–निर्मित भवनको अवलोकन गर्नुभएको छ ।

उक्त अवसरमा उहाँले नेफ्स्कूनलाई बागमती प्रदेश सरकार तथा आफ्नो व्यक्तिगत तर्फबाट संघलाई शुभकामना व्यक्त गर्दै सहकारी क्षेत्रका समसामयिक विषयहरूमा छलफल समेत गर्नुभएको थियो । मन्त्री पौडेलले नयाँ भवनसँगै सहकारीको वेथितिलाई निराकरण गर्न संघलाई सुझाव दिनुभयो । उहाँले संघले दशकौँ वर्ष पुरा गरेर हासिल गरेको अनुभवलाई नयाँ भवनबाट नयाँ उर्जाका साथ सशक्त रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बागमती प्रदेश भित्र सञ्चालित सहकारी संस्थाहरूलाई सुरक्षित र सुदृढ बनाउन सहकारिता, सहकारीका सदस्यहरुलाई उद्यमी देखि उद्योगीको मार्गमा संघका कार्यक्रमहरू केन्द्रित भएको र अझ हुनुपर्ने विषयको चर्चा गर्नुभयो । पछिल्ला दिनहरूमा सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्ने उद्देश्यसहित आफू सक्रियताका साथ लागेको र आफ्नो कार्यकालमा अनुकरणीय कार्यमा मेरो कर्म रहने समेत उहाँले उल्लेख गर्नुभयो ।

नीतिगत छलफल कार्यक्रममा संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासचिव घनश्याम अधिकारी, कोषाध्यक्ष दिपक थापा, सदस्यहरू कमला देवी गिरी, सुशील कुमार बस्न्यात, नवराज अर्याल तथा प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा लगायत उच्च व्यवस्थापन तहका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

परिचयात्मक कार्यक्रमपछि प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले संघको परिचय, उद्देश्य तथा हाल बचत तथा ऋण सहकारी संस्थाहरुलाई सुशासन र सदस्य सुरक्षालाई आत्मासाथ गरी संघका कार्यक्रमहरु केन्द्रित रहेको विषय जानकारी गराउनु भयो । राज्यले सहकारी क्षेत्रको विकासमा बचत तथा ऋण सहकारी संस्थाले गर्नुपर्ने कार्यहरु र उक्त कार्यलाई विधि, सहकारी शासकीय पद्धती र प्रकृयामा नियमित उत्प्रेरणादायी निरीक्षण तथा अनुगमनमा कार्यक्रमबारे जानकारी दिनुभयो । उहाँका अनुसार संघमा आबद्ध ४३३६ संस्थाहरू र ५९ जिल्ला बचत तथा ऋण सहकारी संघलाई सुशासनको अभ्यासको मूलप्रवाहीकरणमा ल्याई वित्तीय, कानूनी, सञ्चालन तथा सुशासन र बजार सम्बन्धी जोखिम न्यूनीकरणका उपायहरूबारे शिक्षा, परामर्श तथा स्थलगत अनुशिक्षण गरिरहेको कुरा बताउनु भयो । 
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३६ दिन अगाडि

पाठकबाट थप