बागमती प्रदेश माननीय मन्त्री बिनु रायमाझी पौडेलद्वारा साकोस अभियानको नव–निर्मित भवन अवलोकन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागमती प्रदेश माननीय मन्त्री बिनु रायमाझी पौडेलद्वारा साकोस अभियानको नव–निर्मित भवन अवलोकन

काठमाडौं । बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयका माननीय मन्त्री बिनु रायमाझी पौडेलले चैत्र २२ गते नेफ्स्कूनको नव–निर्मित भवनको अवलोकन गर्नुभएको छ ।

उक्त अवसरमा उहाँले नेफ्स्कूनलाई बागमती प्रदेश सरकार तथा आफ्नो व्यक्तिगत तर्फबाट संघलाई शुभकामना व्यक्त गर्दै सहकारी क्षेत्रका समसामयिक विषयहरूमा छलफल समेत गर्नुभएको थियो । मन्त्री पौडेलले नयाँ भवनसँगै सहकारीको वेथितिलाई निराकरण गर्न संघलाई सुझाव दिनुभयो । उहाँले संघले दशकौँ वर्ष पुरा गरेर हासिल गरेको अनुभवलाई नयाँ भवनबाट नयाँ उर्जाका साथ सशक्त रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बागमती प्रदेश भित्र सञ्चालित सहकारी संस्थाहरूलाई सुरक्षित र सुदृढ बनाउन सहकारिता, सहकारीका सदस्यहरुलाई उद्यमी देखि उद्योगीको मार्गमा संघका कार्यक्रमहरू केन्द्रित भएको र अझ हुनुपर्ने विषयको चर्चा गर्नुभयो । पछिल्ला दिनहरूमा सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्ने उद्देश्यसहित आफू सक्रियताका साथ लागेको र आफ्नो कार्यकालमा अनुकरणीय कार्यमा मेरो कर्म रहने समेत उहाँले उल्लेख गर्नुभयो ।

नीतिगत छलफल कार्यक्रममा संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासचिव घनश्याम अधिकारी, कोषाध्यक्ष दिपक थापा, सदस्यहरू कमला देवी गिरी, सुशील कुमार बस्न्यात, नवराज अर्याल तथा प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा लगायत उच्च व्यवस्थापन तहका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

परिचयात्मक कार्यक्रमपछि प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले संघको परिचय, उद्देश्य तथा हाल बचत तथा ऋण सहकारी संस्थाहरुलाई सुशासन र सदस्य सुरक्षालाई आत्मासाथ गरी संघका कार्यक्रमहरु केन्द्रित रहेको विषय जानकारी गराउनु भयो । राज्यले सहकारी क्षेत्रको विकासमा बचत तथा ऋण सहकारी संस्थाले गर्नुपर्ने कार्यहरु र उक्त कार्यलाई विधि, सहकारी शासकीय पद्धती र प्रकृयामा नियमित उत्प्रेरणादायी निरीक्षण तथा अनुगमनमा कार्यक्रमबारे जानकारी दिनुभयो । उहाँका अनुसार संघमा आबद्ध ४३३६ संस्थाहरू र ५९ जिल्ला बचत तथा ऋण सहकारी संघलाई सुशासनको अभ्यासको मूलप्रवाहीकरणमा ल्याई वित्तीय, कानूनी, सञ्चालन तथा सुशासन र बजार सम्बन्धी जोखिम न्यूनीकरणका उपायहरूबारे शिक्षा, परामर्श तथा स्थलगत अनुशिक्षण गरिरहेको कुरा बताउनु भयो । 
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१८ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१८ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप