मिलिजुली कालिञ्चोक साकोसको आयोजनामा स्वास्थ्य शिविर
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मिलिजुली कालिञ्चोक साकोसको आयोजनामा स्वास्थ्य शिविर

दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. ले ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा स्वास्थ्य शिविर कार्यक्रम चैत्र २१ गते सम्पन्न गरेको छ । 

‘उद्यमशिलता र पाददर्शिता, सहकारीको प्राथमिकता’ भन्ने नाराका साथ मनाईएको सहकारी दिवसको अवसरमा मिलिजुली कालिञ्चोक साकोस दोलखाले कार्यक्षेत्र भित्र पर्ने दोलखा जिल्लाको कालिञ्चोक गाउँपालीका वडा नं. ४ हिलेपानीमा अवस्थित हिलेपानी संस्कृत माध्यामिक बिद्यालयमा स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

ग्रामिण भेगमा वित्तीय सेवा प्रवाह गर्नुपर्छ भन्ने मान्यताका साथ संस्थाले गाउँपालीका भित्र दुइ वटा सेवाकेन्द्र सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई प्रविधि सहितको सेवा प्रवाह गर्दै आइरहेको छ । ग्रामिण भेगमा स्वास्थ्य चेतना जगाउन, कार्यक्षेत्र भित्र बसोवास गर्ने शेयर सदस्य, बालबचतकर्ता तथा सम्भावित शेयर सदस्य तथा बालबचतकर्ताहरु को स्वास्थ्यको ख्याल गर्दै सहकारीको सातौ सिद्धान्त ‘समुदाय प्रति चासो’ लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न उक्त स्वास्थ्य शिविर राखीएको जनाएको छ  ।  स्वास्थ्य शिविर कार्यक्रम साकोसका अध्यक्ष कृष्ण बहादुर गौतमको अध्यक्षता र कालिञ्चोक गाउँपालीका वडा नं. ४ का वडाअध्यक्ष दिपक खुलालको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो । 

स्वास्थ्य शिविरका लागि प्राविधिक सहयोग पशुपति चौलागाई स्मृति अस्पताल चरीकोट बाट भएको थियो भने शिविर सञ्चालनको दिन हिलेपानी संस्कृत माध्यामीक बिद्यालय तथा कालिञ्चोक गाउपालीका वडा नं. ४ को स्वास्थ्य चौकिबाट समेत सहयोग भएको साकोसका अध्यक्ष कृष्ण बहादुर गौतमले बताउनु भयो । स्वास्थ्य शिविरमा स्त्रिरोग, बालरोग, दन्त, सुगर र प्रेसर परिक्षण तथा बिशेषज्ञ सेवा प्रदान गरीएको थियो ।  जम्मा १७९ जनाले परिक्षण गराएका थिए ।  उक्त परिक्षण सेवा लिने शेयर सदस्य, बालबचतकर्ता तथा सम्भावित शेयर सदस्य तथा बालबचतकर्ताहरुलाई आवश्यकता बमोजिम औषधि बितरण गरीएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप