चितवन स्थित प्रेरणा साकोस स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवन स्थित प्रेरणा साकोस स्क्यान कार्यक्रममा आबद्ध

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले प्रर्वद्धन गरेको स्क्यान कार्यक्रममा भरतपुर उपमहानगरपालिका २१ पार्वतिपुर चितवन स्थित प्रेरणा बचत तथा ऋण सहकारी संस्था लि. चैत्र २९ गते आबद्ध भएको छ ।

उक्त सम्झौता कार्यक्रममा नेफ्स्कूनका चितवन सदस्य सेवा कार्यालयका इन्चार्ज यमकला सुवेदी र कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिना र साकाेसको तर्फ बाट अध्यक्षः श्रीकान्त रावल, प्रमुख कार्यकारी अधिकृत, गोविन्द प्रसाद सुवेदी, सचिव अम्बर बहादुर गुरुङ्ग, सहसचिव लोकनाथ घिमिरे र सञ्चालन चन्द्रकान्त लम्साल तथा अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।

सहकारी ऐन, २०७४ को दफा २५ र दफा ९९ द्वारा  प्रदान गरिएको कानूनी आधारमा सम्पन्न सम्झौता अनुसार सहकारी संस्थाहरूले जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, गुणस्तरीय सेवा अभिवृद्धि तथा संस्थागत पृष्ठपोषणलाई प्राथमिक कार्यक्षेत्रका रूपमा अघि बढाएको छ । सहकारीलाई थप ब्यवस्थित बनाउन नियमनकारी निकायहरुद्धारा दिईएका निर्देशिका अनुरुप साकोसले परिपालना गर्नुपर्ने निति नियमको पालनाको अवस्थाको बिश्लेषण गर्ने कार्य गर्न संघले नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्यांकन, आन्तरिक नियन्त्रण परीक्षण स्क्यानका सूचकका आधारमा निरन्तर अनुगमन गर्नेछ ।

सम्झौता मार्फत विद्यमान जोखिमको पहिचान तथा व्यवस्थापन गर्दै सहकारी वित्त क्षेत्रमा उपलब्ध नवीनतम प्रविधिको प्रयोग, निरन्तर प्रवद्र्धन, विकास र संरक्षण गर्दै क्षेत्रगत स्थायित्व सुनिश्चित गर्ने लक्ष्य लिइएको छ । साथै सहकारी मर्म अनुसार स्व–नियमनको अभ्यासलाई सुदृढ बनाउने उद्देश्य रहेको छ ।

स्क्यान कार्यक्रम मार्फत साकोसहरूको वित्तीय सुशासन प्रबर्धन, सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रतिवेदन तोकिए बमोजिम सम्बन्धित निकायमा पेश गर्ने प्रणालीको प्रभावकारी कार्यान्वयन, भाखा नाघेको ऋण असुलीमा सुधार, जोखिम व्यवस्थापन तथा सक्षमता विकास गर्ने लक्ष्य लिइएको छ । साथै गुणस्तर सुनिश्चितता कार्यक्रम मार्फत ब्रान्ड प्राप्ति, योजनाबद्ध रूपमा साकोस सञ्चालन, सहकारीमैत्री व्यवस्थापन, क्युरिमा ३६० अनुसार क्षेत्रगत जोखिम न्यूनीकरण तथा सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ बनाउन कार्यक्रम लागू गरिएको हो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप