चितवनमा अग्रभागका कर्मचारीहरुको क्षमता विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 चितवनमा अग्रभागका कर्मचारीहरुको क्षमता विकास तालिम सम्पन्न

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफस्कून) चितवन सदस्य सेवा कार्यालयको आयोजनामा अग्रभागका कर्मचारीहरुको क्षमता विकास तालिम चैत्र २७ गते सम्पन्न भएको छ । 

चैत्र २६ र २७ गते दुई दिवसीय तालिममा चितवन र नवलपुर जिल्लाका सदस्य साकोसहरुबाट ३४ जनाको उपस्थिती रहेको थियो । 

तालिममा समुहगत अभ्यास गराएर सहकारी सम्बन्धी विभिन्न बिषयहरुको जानकारी गराईएको थियो । समापन तालिमको अध्यक्षता संघका सञ्चालक गोपाल प्रसाद गौतमले गर्नुभएको थियो । अग्रभागमा कार्यरत कर्मचारीहरू संस्थाको महत्वपूर्ण आधार भएको र यी कर्मचारीहरू नै सदस्यहरूसँग प्रत्यक्ष रूपमा सम्पर्कमा रहने, उनीहरूसँग सम्बन्ध स्थापना गर्ने तथा संस्थाको सेवा प्रभावकारी रूपमा पु¥याउने मुख्य माध्यम भएकाले यस्ता तालिमहरुको आवश्यकता अनुरुप संघले आयोजना गरेको बताउनुभयो । 

तालिमबाट सिकेका ज्ञान, सीप र अनुभवलाई दैनिक कार्यक्षेत्रमा व्यवहारिक रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिदैँ, यसरी सीपहरूको प्रभावकारी प्रयोगले मात्र संस्थाको सेवा गुणस्तर सुधार हुने, सदस्यहरूको सन्तुष्टि बढ्ने र अन्ततः दिगो संस्थागत विकासमा महत्वपूर्ण योगदान पुग्ने उहाँको धारणा थियो ।

तालिमको समग्र समापनसंगै सहभागीको तर्फबाट लाफा साकोसबाट सुनिता ढकालले तालिममा सहभागीको उत्साहजनक सिकाई रहेको र यस तालिमले कर्मचारीहरुलाई सदस्य सगं गरिने ब्यवहार,जोखिम ब्यवस्थापन,सुचना प्रबिधिको जानकारी,सहकारी ऐन नियमहरुको जानकारी आदि बिषय सम्बन्धी  महत्वपुर्ण सिकाई रहेको जानकारी गराउन्ु भयो । 

तलिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत श्यामराजा तिमल्सिनाले गर्नुभएको थियो भने समापन कार्यक्रमको सञ्चालन  तथा तालिमको ब्यवस्थापन नेफस्कून सदस्य सेवा कार्यालय चितवनका कार्यालय प्रमुख यमकला सुवेदीले गर्नु भएको थियो । 

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

७ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

११ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप