“रणनीति व्यवसायिक योजना निर्माण” कार्यशाला चितवनमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
“रणनीति व्यवसायिक योजना निर्माण” कार्यशाला चितवनमा सम्पन्न

चितवन, माडी । लोककल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा “रणनीति व्यवसायिक योजना निर्माण” सम्बन्धी तीन दिने कार्यशाला वैशाख ०४ गते सम्पन्न भएको छ ।

वैशाख २ गतेदेखि ४ गतेसम्म सञ्चालन भएको उक्त कार्यशालामा कुल १९ जनाको सहभागिता रहेको थियो । कार्यक्रमले सहकारी संस्थाको दीर्घकालीन लक्ष्य निर्धारण, व्यवसायिक योजना निर्माण प्रक्रिया, रणनीतिक सोच विकास तथा संस्थागत सुदृढीकरणका विषयमा महत्वपूर्ण ज्ञान तथा सीप प्रदान गरेको आयोजकले जनाएको छ ।

कार्यशालामा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल र तालिम अधिकृत रवीन्द्र श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । उहाँहरुले सहकारी व्यवस्थापन, योजना निर्माणका व्यावहारिक पक्ष तथा रणनीतिक निर्णय प्रक्रियाका विषयमा सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमले सहकारी संस्थालाई व्यवस्थित, प्रभावकारी र दिगो बनाउने दिशामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ। साथै, सहभागीहरुले सिकेका सीप तथा ज्ञानलाई आफ्नो संस्थामा व्यवहारमा उतार्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप