फरक प्रकृतिका सहकारी पनि बचत–ऋणको मूल प्रवाहमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 फरक प्रकृतिका सहकारी पनि बचत–ऋणको मूल प्रवाहमा

काठमाडौं । नेपालको सहकारी आन्दोलनलाई अझ परिपक्व, समावेशी तथा दिगो आधारमा पुनसंरचना गर्ने उद्देश्य सहित नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले समयसापेक्ष, सुविचारित र रणनीतिक पहल अघि सारेको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकाल ले जुम्ला स्थित चन्दननाथ बहुउद्धेश्यीय सहकारी संस्था लि. र हिमचुलि कृषि सहकारी संस्था लि. मा अवलोकन गर्नुभएको थियो । 

अवलोकनपछि आयोजित छलफलका क्रममा अध्यक्ष ढकालले बचत तथा ऋणको मूल प्रवाहलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै अब जिल्ला र प्रदेश संघमार्फत सहकारी सञ्जाललाई एकीकृत सहकार्यतर्फ अगाडि बढाउन आह्वान गर्नुभयो । यसै क्रममा जुम्ला बचत संघ का अध्यक्ष धनजित बुडा सँग भएको भेटघाटमा उहाँले सहकारी संस्थाबीच समन्वय बढाउँदै आन्तरिक कामहरूमा साझेदारी गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 

बचत तथा ऋणको विशुद्ध कारोबारमा केन्द्रित सहकारीहरूको केन्द्रीय छाता संघका रूपमा स्थापित नेफ्स्कूनले आफ्नो कार्यक्षेत्रलाई क्रमशः विस्तार गर्दै फरक प्रकृतिका सहकारी संस्थाहरूसँग सुदृढ सहकार्य र समन्वयको नवीन आयाम आरम्भ गरेको हो ।

कृषि, उपभोक्ता तथा बहुउद्देश्यीय प्रकृतिका सहकारी संस्थाहरूले आफ्नो औपचारिक उद्देश्य भिन्न भए तापनि व्यवहारिक अभ्यासमा बचत तथा ऋणलाई नै प्रमुख कारोबारका रूपमा आत्मसात गर्दै आएका छन् । यही वस्तुगत यथार्थलाई आत्मसात गर्दै नेफ्स्कूनले यस्ता संस्थाहरूलाई संगठित, व्यवस्थित तथा एउटै मूल प्रवाहमा आबद्ध गराउने लक्ष्य सहित समन्वयात्मक कार्यक्रमहरूलाई तीव्रता दिएको छ ।

विशेषतः राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा विधिवत् दर्ता भएका विभिन्न प्रकृतिका संस्थाहरूलाई एउटै साझा मञ्चमा समेट्दै सहकार्य, सहअस्तित्व र सहविकासको अवधारणालाई संस्थागत स्वरूप प्रदान गर्ने रणनीति अवलम्बन गरेको छ । यस पहलले सहकारी क्षेत्रभित्र विद्यमान विखण्डन, असमञ्जसता तथा कार्यगत दोहोरोपनलाई न्यून गर्दै एकीकृत, सुदृढ र उत्तरदायी संरचनातर्फ उन्मुख गराउने विश्वास गरिएको छ ।

उक्त अभियान अन्तर्गत चन्दननाथ बहुउद्देश्यीय सहकारी तथा हिमचुली कृषि सहकारीजस्ता देशभरीबाट विभिन्न प्रकृतिका सहकारी संस्थाहरू अभिलेखीकरण प्रक्रिया मार्फत बचत तथा ऋणको मूल प्रवाहमा क्रमशः समाहित हुँदै गएका छन् । देशभरिका यस्ता फरक प्रकृतिका तर बचत–ऋणमुखी सहकारीहरूको एकीकृत उपस्थिति र संस्थागत समायोजनले सहकारी अभियानलाई थप गतिशील, प्रभावकारी तथा परिणाममुखी बनाउने संकेत स्पष्ट रूपमा देखिएको छ । 

सहकारी क्षेत्रका विज्ञहरूको विश्लेषणअनुसार, नेफ्स्कूनको यो समन्वयात्मक पहल केवल संरचनात्मक सुधारमा सीमित नभई वित्तीय पहुँच विस्तार, सदस्य–केन्द्रित सेवा प्रवाह तथा आर्थिक सशक्तीकरणको दिशामा ऐतिहासिक मोड सावित हुन सक्ने प्रबल सम्भावना रहेको छ । ग्रामीण भेगदेखि शहरी परिवेशसम्म वित्तीय समावेशीकरणलाई सुदृढ गर्दै यसले सदस्यहरूको आत्मनिर्भरता, उद्यमशीलता तथा जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । दिगो सहकारी विकासको मार्गचित्रलाई व्यवहारमा रूपान्तरण गर्ने उद्देश्यले अघि बढाइएको यो पहलले सहकारी संस्थाहरूबीच पारस्परिक विश्वास, सहकार्य र साझा उत्तरदायित्वको भावनालाई अझ प्रगाढ बनाउने देखिन्छ ।

फरक बाटो एउटै लक्ष्य—सुदृढ सहकारी समृद्ध सदस्य, भन्ने यथार्थलाई आत्मसात गर्दै नेफ्स्कूनले अघि सारेको यो अभियानले नेपालको सहकारी क्षेत्रलाई अझ एकताबद्ध, सक्षम र प्रभावकारी बनाउँदै नयाँ युगको आधारशिला निर्माण गर्ने स्पष्ट संकेत दिएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप