नुवाकोटमा सहकारिता अनुशिक्षण तथा स्क्यान अभिमुखिकरण कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नुवाकोटमा सहकारिता अनुशिक्षण तथा स्क्यान अभिमुखिकरण कार्यक्रम सम्पन्न

नुवाकोट । सहकारी संस्थाहरूको प्रभावकारी अनुगमन, जोखिम पहिचान तथा संस्थागत सुदृढीकरण गर्ने उद्देश्यले “सहकारिता अनुशिक्षण तथा स्क्यान अभिमुखिकरण कार्यक्रम” वैशाख १२ गते सम्पन्न भएको छ । 

नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा जिल्लाभरिका २९ वटा बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । नियमित निरिक्षण तथा अनुगमन स्क्यान प्रणालीमार्फत सहकारीहरूको आन्तरिक अवस्था विश्लेषण, जोखिम मूल्याङ्कन तथा सुधारका उपायहरूबारे अभिमुखिकरण प्रदान गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष नारायण श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थिति रहेको थियो । विशिष्ट अतिथिहरूमा जिल्ला सहकारी संघ लि., नुवाकोटका अध्यक्ष शिव प्रसाद अधिकारी तथा जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि., नुवाकोटका अध्यक्ष ईन्द्रमणि गैरे रहनुभएको थियो । कार्यक्रम सञ्चालन संघका सचिव नारायण प्रसाद खनालले गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले सहकारी संस्थाहरूलाई दिगो र विश्वसनीय बनाउन नियमित अनुगमन र तथ्यमा आधारित व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । प्रमुख अतिथि ढकालले सहकारी क्षेत्रमा देखिएका चुनौती समाधानका लागि पारदर्शिता र प्रविधिमा आधारित प्रणालीको प्रयोग अपरिहार्य भएको उल्लेख गर्नुभयो । उहाँले स्क्यान प्रणालीले समयमै जोखिम पहिचान गरी सुधारका लागि मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, विशिष्ट अतिथि अधिकारीले सहकारी संस्थाहरूले नियमअनुसार सञ्चालन भई सदस्यहरूको विश्वास कायम गर्नुपर्नेमा जोड दिनुभयो । विशिष्ट अतिथि गैरेले सहकारीबीच समन्वय र सिकाइ आदानप्रदानलाई सुदृढ गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत शौभाग्य भट्टराईले सहजीकरण गर्नुभएको थियो । स्क्यान प्रणालीको प्रयोग, जोखिम विश्लेषण तथा संस्थागत सुधारका व्यावहारिक पक्षहरूबारे विस्तृत जानकारी दिनुभयो । सहभागीहरूले कार्यक्रमबाट प्राप्त ज्ञानले संस्थागत व्यवस्थापन सुधार, जोखिम न्यूनिकरण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताएका छन् । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप