रामेछाप र सिन्धुलीका साकोसहरू जोखिम न्यूनीकरणमा एकजुटः ‘क्युरिमा ३६०’ कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रामेछाप र सिन्धुलीका साकोसहरू जोखिम न्यूनीकरणमा एकजुटः ‘क्युरिमा ३६०’ कार्यशाला सम्पन्न

मन्थली, रामेछाप — नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा रामेछाप र सिन्धुली जिल्लाका साकोसहरूका लागि जोखिम व्यवस्थापन सम्बन्धी ‘स्क्यान’ अन्तर्गतको ‘क्युरिमा ३६०’ कार्यशाला वैशाख १२ गते शनिबार मन्थलीमा सम्पन्न भएको छ ।

कार्यशालाले सहकारी क्षेत्रमा देखा परेका वित्तीय, कानूनी तथा सञ्चालनसम्बन्धी जोखिमहरू न्यूनीकरण गर्न महत्वपूर्ण सामूहिक प्रतिबद्धता पारित गरेको छ ।

कार्यशालामा नेफ्स्कूनका कानूनी सल्लाहकार एवं अधिवक्ता शिव अधिकारीले ऋण असुलीसम्बन्धी कानूनी प्रावधान, विद्यमान चुनौतीहरू तथा कार्यविधिबारे विस्तृत प्रशिक्षण प्रदान गर्नुभएको थियो । त्यसैगरी, नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले सहकारी अभियानको आगामी कार्यदिशा, ‘स्क्यान’ कार्यक्रमको औचित्य तथा यसको प्राविधिक पक्षबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको थियो भने कार्यक्रम व्यवस्थापनमा संघको मन्थली सदस्य सेवा केन्द्रका प्रमुख सूर्य बहादुर थापा तथा कर्मचारी सुनिता दाहालले प्राविधिक र व्यवस्थापकीय सहयोग पु¥याउनुभएको थियो ।

कार्यशालामा रामेछाप र सिन्धुलीका १५ वटा सहकारी संस्थाका पदाधिकारी तथा व्यवस्थापक गरी ३३ जना सहभागी रहेका थिए भने अन्य अतिथि तथा नेफ्स्कून व्यवस्थापन सहित कुल ४० जनाको सहभागिता रहेको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप