दोलखामा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखामा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न

दोलखा । नेफ्स्कून दोलखा सदस्य सेवा कार्यालयकोे आयोजनामा दोलखाको चरिकोटमा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला वैशाख १३ गते सम्पन्न भएको छ । 

नेफ्स्कून दोलखा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य कृष्ण बहादुर गौतमको  अध्यक्षतामा सम्पन्न कार्यशालाको प्रमुख अतिथिमा  प्रदेश बचत संघका बरिष्ठ उपाध्यक्ष जिवसराज खड्का अतिथिमा दोलखा जिल्ला बचत संघका अध्यक्ष भुमिराज खड्का तथा दोलखाका २९ वटा सहकारी संस्थाका अध्यक्ष,सञ्चालक, उच्च व्यवस्थापन र कर्मचारीको सहभागिता रहेको थियो ।

नेफ्स्कूनका कानूनी सल्लाहकार एवं अधिवक्ता शिव अधिकारीले ऋण असुलीसम्बन्धी कानूनी प्रावधान, विद्यमान चुनौतीहरू तथा कार्यविधिबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो । त्यसैगरी, नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले सहकारी अभियानको आगामी कार्यदिशा, ‘स्क्यान’ कार्यक्रमको औचित्य तथा यसको प्राविधिक पक्षबारे प्रकाश पार्नुभएको थियो ।

कार्यशालाले सहकारी क्षेत्रमा देखा परेका वित्तीय, कानूनी तथा सञ्चालनसम्बन्धी जोखिमहरू न्यूनीकरण गर्न महत्वपूर्ण सामूहिक प्रतिबद्धता पारित गरेको छ । अर्को कार्यशाला आगामी भाद्र महिनाको दोस्रो हप्तामा गर्ने निर्णय समेत गरिएको छ ।

भर्खरै
लोकप्रिय
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१२ मिनेट अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप