चितवन । भरतपुर महानगरपालिका ३ चितवन स्थित एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि. को नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण वैशाख १४ गते सम्पन्न भएको छ ।
संघले सुपरिवेक्षणमा सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभावकारी रूपमा अघि बढाएको हो ।
सुपरिवेक्षणमा बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक स्थिति, सदस्यहरूले पाउनुपर्ने सेवा सुविधा, लाभांश तथा समावेशी सहभागिता, संस्थाभित्र सम्भावित त्रुटी, आर्थिक जोखिम र व्यवस्थापकीय सुधारका लागि सुझाव दिनु र संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागिता मूल्यांकन साथै प्रविधिमा आधारित सदस्य सुचना प्रणालीको अधिकतम प्रयोग मार्फत जोखिम विश्लेषण गरी जोखिम न्यूनिकरणका उपायको खोजि गर्नु सुपरिवेक्षणको उद्देश्य रहेको छ ।
नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाद्धारा भएको सुपरिवेक्षणमा संस्थाका सञ्चालक समिति, व्यवस्थापक र व्यवस्थापन तहका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
४६ मिनेट अगाडि
११ दिन अगाडि
१२ दिन अगाडि
१२ दिन अगाडि
१३ दिन अगाडि
१४ दिन अगाडि
१४ दिन अगाडि
२० दिन अगाडि
४६ मिनेट अगाडि
३९ दिन अगाडि
२८ दिन अगाडि
३१ दिन अगाडि
३७ दिन अगाडि
६१ दिन अगाडि
४४ दिन अगाडि
३१ दिन अगाडि