अनुगमन एवं सुपरिवेक्षण र व्यवसाय विकास सेवा कार्यक्रममा सहारा नेपाल झापा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अनुगमन एवं सुपरिवेक्षण र व्यवसाय विकास सेवा कार्यक्रममा सहारा नेपाल झापा आबद्ध

झापा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले बचत तथा ऋण सहकारी सञ्चालनमा देखिने समग्र पक्षहरूको जोखिम न्यूनीकरणका लागि परिवर्तित कानुनी व्यवस्थाका आधारमा तयार पारिएको सुपरिवेक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) मा नेपालको सबैभन्दा ठूलो सम्पत्तिको आकार र सदस्य संख्या भएको सहारा नेपाल, झापा वैशाख २८ गते आबद्ध भएको छ ।

संस्थाको कार्यालयमा भएको एक कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा र संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले औपचारिक रूपमा सेवा लिने–दिने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरी जोखिम सुपरिवेक्षण र प्रमाणीकरण कार्यक्रमको निरन्तरता गरिएको छ ।

सोही अवसरमा साकोसहरूमा थुप्रिँदै गएको तरलता लगायत वित्तीय परिचालनलाई तीव्रता दिन जर्मन केन्द्रीय बचत बैंक र नेफ्स्कूनबीच भएको प्राविधिक सहकार्य व्यवसाय विकास सेवा (बीडीएस) अवधारणालाई पनि सुरु गर्ने गरी सम्झौता भएको समेत प्रमुख कार्यकारी अधिकृत सापकोटाले साकोस आवाजलाई जानकारी गराउनुभयो ।

सम्झौतापश्चात सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृतले बदलिँदो कानुनी परिवेश र विभिन्न क्षेत्रगत जोखिमबाट संस्थालाई जोगाउने तथा अब्बल संस्था निर्माण गर्न नेफ्स्कूनको भूमिका अपरिहार्य भएकोले सहजीकरण र अनुगमनका विषयमा दुई पक्षबीच दुई फरक विषयमा सहमति भएको बताउनुभयो । उहाँले सहारा नेपाल साकोसले दीगो रूपमा फड्को मार्ने विश्वास रहेको समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहारा नेपालमा कार्यरत व्यवस्थापकीय तहका २५ जना कर्मचारीहरूलाई साकोस व्यवस्थापन र जोखिम न्यूनीकरणका विषयमा प्रमुख कार्यकारी अधिकृत सापकोटाले अनुशिक्षण गर्नुभएको थियो भने नेफ्स्कूनका सेवा तथा कार्यक्रमहरूबारे संघका अनुगमन अधिकृत रामकृष्ण भट्टराईले संक्षिप्त जानकारी गराउनुभएको थियो । अनुशिक्षणका क्रममा नेपालको ठूलो संस्था, १ लाख ९८ हजार सदस्य र २० अर्बको सम्पत्ति परिचालन अत्यन्त जोखिमपूर्ण विषय भएकोले आइपर्ने जोखिम न्यूनीकरणका उपायहरू अवलम्बन गरी सन्तुलित व्यवस्थापनमा लाग्न सबैलाई प्रेरित गर्नुभएको थियो ।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

पाठकबाट थप