अनुगमन एवं सुपरिवेक्षण र व्यवसाय विकास सेवा कार्यक्रममा सहारा नेपाल झापा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अनुगमन एवं सुपरिवेक्षण र व्यवसाय विकास सेवा कार्यक्रममा सहारा नेपाल झापा आबद्ध

झापा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले बचत तथा ऋण सहकारी सञ्चालनमा देखिने समग्र पक्षहरूको जोखिम न्यूनीकरणका लागि परिवर्तित कानुनी व्यवस्थाका आधारमा तयार पारिएको सुपरिवेक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) मा नेपालको सबैभन्दा ठूलो सम्पत्तिको आकार र सदस्य संख्या भएको सहारा नेपाल, झापा वैशाख २८ गते आबद्ध भएको छ ।

संस्थाको कार्यालयमा भएको एक कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा र संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले औपचारिक रूपमा सेवा लिने–दिने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरी जोखिम सुपरिवेक्षण र प्रमाणीकरण कार्यक्रमको निरन्तरता गरिएको छ ।

सोही अवसरमा साकोसहरूमा थुप्रिँदै गएको तरलता लगायत वित्तीय परिचालनलाई तीव्रता दिन जर्मन केन्द्रीय बचत बैंक र नेफ्स्कूनबीच भएको प्राविधिक सहकार्य व्यवसाय विकास सेवा (बीडीएस) अवधारणालाई पनि सुरु गर्ने गरी सम्झौता भएको समेत प्रमुख कार्यकारी अधिकृत सापकोटाले साकोस आवाजलाई जानकारी गराउनुभयो ।

सम्झौतापश्चात सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृतले बदलिँदो कानुनी परिवेश र विभिन्न क्षेत्रगत जोखिमबाट संस्थालाई जोगाउने तथा अब्बल संस्था निर्माण गर्न नेफ्स्कूनको भूमिका अपरिहार्य भएकोले सहजीकरण र अनुगमनका विषयमा दुई पक्षबीच दुई फरक विषयमा सहमति भएको बताउनुभयो । उहाँले सहारा नेपाल साकोसले दीगो रूपमा फड्को मार्ने विश्वास रहेको समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहारा नेपालमा कार्यरत व्यवस्थापकीय तहका २५ जना कर्मचारीहरूलाई साकोस व्यवस्थापन र जोखिम न्यूनीकरणका विषयमा प्रमुख कार्यकारी अधिकृत सापकोटाले अनुशिक्षण गर्नुभएको थियो भने नेफ्स्कूनका सेवा तथा कार्यक्रमहरूबारे संघका अनुगमन अधिकृत रामकृष्ण भट्टराईले संक्षिप्त जानकारी गराउनुभएको थियो । अनुशिक्षणका क्रममा नेपालको ठूलो संस्था, १ लाख ९८ हजार सदस्य र २० अर्बको सम्पत्ति परिचालन अत्यन्त जोखिमपूर्ण विषय भएकोले आइपर्ने जोखिम न्यूनीकरणका उपायहरू अवलम्बन गरी सन्तुलित व्यवस्थापनमा लाग्न सबैलाई प्रेरित गर्नुभएको थियो ।

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

१ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१९ घण्टा अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

१ घण्टा अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१९ घण्टा अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

पाठकबाट थप