ऋण उपसमितिलाई सक्षम बनाउन नेफ्स्कूनद्वारा क्षमता विकास तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ऋण उपसमितिलाई सक्षम बनाउन नेफ्स्कूनद्वारा क्षमता विकास तालिम सञ्चालन

इटहरी । नेफ्स्कून सुनसरी सदस्य सेवा कार्यालयको आयोजनामा इटहरी सुनसरीमा दुई दिवसिय ऋण उपसमितिको क्षमता विकास तालिम वैशाख २८ गते सम्पन्न भएको छ ।  

नेफ्स्कूनका सञ्चालक शालिकराम ढकाल को अध्यक्षतामा सञ्चालन भएको तालिमको उद्घाटन सत्रमा सहकारी संस्थामा बढ्दो कर्जा जोखिम नियन्त्रणका लागि कानुनी आधारसहितको स्पष्ट कार्यविधि अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभएको थियो । संस्थाको वैधता, पारदर्शिता र विश्वसनीयताबाट नै सदस्यहरूको बचत संकलन हुने भएकाले सुशासनलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएकोे थियो ।

सहकारी संस्थामा देखिने अधिकांश समस्याको मूल कारण कमजोर ऋण व्यवस्थापन हुने उल्लेख गर्दै सदस्यहरूको आर्थिक अवस्था, भुक्तानी क्षमता तथा व्यवसायिक सम्भावनाको उचित मूल्याङ्कन गरेर मात्र ऋण प्रवाह गर्नुपर्ने बताउनुभयो । ऋण लगानी गर्दा संस्थाको नीति, मापदण्ड तथा नियामकीय व्यवस्था पूर्ण रूपमा पालना गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो ।

त्यसैगरी, ऋण लगानी तथा असुली क्षेत्रमा कार्यरत कर्मचारी तथा ऋण संयोजक अनुशासित, जिम्मेवार, निष्पक्ष र कागजात व्यवस्थापनमा दक्ष हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।  ऋण स्वीकृतिपूर्व आवश्यक कागजात, धितो मूल्याङ्कन, सदस्यको वित्तीय अवस्था तथा पुनर्भुक्तानी योजनाको सूक्ष्म अध्ययन गर्नुपर्नेमा विशेष जोड दिनुभयो ।

आफ्नै सदस्य वा चिनजानका व्यक्तिलाई आवश्यक प्रक्रिया र कडाइबिना ऋण प्रवाह गर्दा संस्थामा खराब कर्जा वृद्धि हुने, तरलता संकट उत्पन्न हुने तथा संस्थाको साखमा नकारात्मक असर पर्न सक्ने चेतावनी दिनुभयो । साथै, नियमित अनुगमन, समयमै असुली प्रक्रिया, सदस्य शिक्षण तथा वित्तीय अनुशासनमार्फत मात्र सहकारी संस्थालाई दिगो, सुरक्षित र सदस्यमैत्री बनाउन सकिने धारणा व्यक्त गर्नुभएको थियो ।

विभिन्न प्रारम्भिक साकोसका ऋणमा काम गर्ने, ऋण अधिकृत, व्यवस्थापक तथा कर्मचारीहरू गरी ३१ जनाको सहभागिता रहेको थियो । संघका बरिष्ठ अधिकृत भरत न्यौपानेले तालिमको सहजीकरण गर्नुभएको थियो भने सुनसरी सदस्य सेवा कार्यालय प्रमुख रिसभ राज रेग्मीले तालि सञ्चालन गर्नु भएको थियो  । ऋण असुली व्यवस्थापन, जोखिम न्यूनीकरण, धितो लिलामीको कानुनी प्रक्रिया तथा आन्तरिक कार्यविधि निर्माणसम्बन्धी विषयमा गहन छलफल गरिएको थियो । सहकारी क्षेत्रको वित्तीय अनुशासन सुदृढ गर्न स्पष्ट कार्यविधिको आवश्यकता रहेकोमा सहभागीहरूले जोड दिएका थिए ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप