काठमाडौंमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
काठमाडौंमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाहरूको संस्थागत सुदृढीकरण, जोखिम न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापन प्रणाली विकास गर्ने उद्देश्यले नेफ्स्कूनको आयोजनामा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला वैशाख २८ गते पुरानो बानेश्वर, काठमाडौंमा सम्पन्न भएको छ।

नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम  (SCAN) युनिट ८ को दोस्रो चरणको कार्यशालाका रूपमा आयोजित कार्यशालामा चाबहिल सदस्य सेवा कार्यालय, कलंकी सदस्य सेवा कार्यालय र गोंगबु सदस्य सेवा कार्यालय अन्तर्गत रहेका ४० वटा साकोसका ७५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यशालामा सहभागीहरूले सहकारी संस्थाहरूमा देखिन सक्ने सम्भावित जोखिमहरूको पहिचान, जोखिम न्यूनीकरणका उपायहरू तथा दिगो व्यवस्थापन प्रणाली विकास सम्बन्धी विषयमा विस्तृत छलफल गरेका थिए। साथै, स्क्यान कार्यक्रमका सूचकहरू तथा जोखिममा आधारित सुपरिवेक्षण प्रणालीबारे समेत गहन समीक्षा गरिएको थियो ।

कार्यक्रममा विशेष गरी सम्पत्ति शुद्धीकरण निवारण (AML/CFT) सम्बन्धी विषयमा सहकारी विभाग अन्तर्गत रहेको सम्पत्ति शुद्धीकरण निवारण शाखाका शाखा अधिकृत तिलकराम पोखरेलले सहजीकरण गर्दै सहकारी संस्थाहरूले पालना गर्नुपर्ने कानुनी तथा नियामकीय व्यवस्थाबारे प्रकाश पार्नुभएको थियो।

कार्यशालाको सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो। उहाँले ISO 31000:2018 मा आधारित जोखिम व्यवस्थापन ढाँचाअनुसार सामूहिक अभ्यासमूलक विधिबाट प्रशिक्षण गर्दै सहकारी संस्थाहरूको वर्तमान अवस्था, जोखिम व्यवस्थापनको आवश्यकता, संस्थागत सुशासन तथा दीर्घकालीन स्थायित्वका लागि अपनाउनुपर्ने व्यावहारिक उपायहरूबारे प्रस्तुति दिनुभएको थियो।

कार्यक्रममा सहकारी संघ तथा नियामक निकायमा नियमित रूपमा पेश गर्नुपर्ने विवरण, प्रतिवेदन तथा अभिलेख व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउने विषयमा समेत विस्तृत छलफल भएको थियो। तरलता व्यवस्थापन योजना, सम्भावित वित्तीय संकटबाट बच्ने रणनीति, संस्थागत स्थायित्व कायम गर्ने उपाय तथा सदस्यहरूको विश्वास अभिवृद्धि गर्ने विषयमा सहभागीहरूबीच सामूहिक प्रतिबद्धता व्यक्त भएको थियो।

सहभागीहरूले यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमहरूले सहकारी क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित तथा उत्तरदायी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गर्दै कार्यशालाबाट प्राप्त सिकाइ तथा अनुभवलाई आफ्ना संस्थाहरूमा व्यवहारिक रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाएका छन्। उक्त कार्यशालाले सहभागी साकोसहरूबीच अनुभव आदानप्रदान, सहकार्य अभिवृद्धि तथा जोखिम व्यवस्थापन सम्बन्धी साझा बुझाइ विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।


 

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

पाठकबाट थप