स्क्यान कार्यक्रममा स्वरोजगार भवानी साकोस र नेफ्स्कून विच सहकार्य, सुशासन र सुपरिवेक्षणमा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान कार्यक्रममा स्वरोजगार भवानी साकोस र नेफ्स्कून विच सहकार्य, सुशासन र सुपरिवेक्षणमा जोड

झापा । झापा बिर्तामोड ५ स्थित स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेफ्स्कूनद्धारा सञ्चालित नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा वैशाख २९ गते आबद्धता जनाएको छ । 

नेफ्स्कूनका महासचिव घनश्याम अधिकारी र प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा स्वरोजगार भवानी साकोस विर्तामोड, झापाका अध्यक्ष केशव बस्नेत, उपाध्यक्ष मनोज कुमार भट्टराई, सञ्चालक डिलीराम बास्कोटा, घनश्याम नेपाल, कौशिलाल परियार लगायत उच्च व्यवस्थापन , नेफ्स्कूनका कार्यक्रम अधिकृत रामकृष्ण भट्टराई र वरिष्ठ सहायक सोमनाथ दाहाल साथै संस्थाका व्यवस्थापक रुपन चाम्लिङ राई सहित अन्य व्यवस्थापन टोलीको समेत उपस्थिति रहेको थियो ।

सहकारी ऐन, २०७४ को दफा २५, ९९ र १०३ को कार्यान्वयन, सहकारीका सात सिद्धान्त तथा बचत तथा ऋण सहकारीका चार सिद्धान्तको प्रभावकारी अभ्यास, दुवै पक्षका विनियम, नीति तथा कार्यक्रम अनुसार सहकारी क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको हो ।

सम्झौता मार्फत विद्यमान जोखिमको पहिचान तथा व्यवस्थापन गर्दै सहकारी वित्त क्षेत्रमा उपलब्ध नवीनतम प्रविधिको प्रयोग, निरन्तर प्रवद्र्धन, विकास र संरक्षण गर्दै क्षेत्रगत स्थायित्व सुनिश्चित गर्ने लक्ष्य लिइएको छ । साथै सहकारी मर्म अनुसार स्व–नियमनको अभ्यासलाई सुदृढ बनाउने उद्देश्य रहेको छ ।

स्क्यान कार्यक्रम मार्फत साकोसहरूको वित्तीय सुशासन प्रबर्धन, सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रतिवेदन तोकिए बमोजिम सम्बन्धित निकायमा पेश गर्ने प्रणालीको प्रभावकारी कार्यान्वयन, भाखा नाघेको ऋण असुलीमा सुधार, जोखिम व्यवस्थापन तथा सक्षमता विकास गर्ने लक्ष्य लिइएको छ । साथै गुणस्तर सुनिश्चितता कार्यक्रम मार्फत ब्रान्ड प्राप्ति, योजनाबद्ध रूपमा साकोस सञ्चालन, सहकारीमैत्री व्यवस्थापन, क्युरिमा ३६० अनुसार क्षेत्रगत जोखिम न्यूनीकरण तथा सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ बनाउन कार्यक्रम लागू गरिएको हो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप