“साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला भक्तपुरमा सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
“साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला भक्तपुरमा सञ्चालन

भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला वैशाख २९ गते राधेराधे, भक्तपुर मा सम्पन्न भएको छ । 

बचत तथा ऋण सहकारी संस्थाहरूको संस्थागत सुदृढीकरण, जोखिम न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापन प्रणाली विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) युनिट ६ को दोस्रो चरणको कार्यशालाका रूपमा आयोजित कार्यक्रममा भक्तपुर सदस्य सेवा कार्यालय अन्तर्गत रहेका साकोसका ४० जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यशालामा सहभागीहरूले सहकारी संस्थाहरूमा देखिन सक्ने सम्भावित जोखिमहरूको पहिचान, जोखिम न्यूनीकरणका उपायहरू तथा दिगो व्यवस्थापन प्रणाली विकास सम्बन्धी विषयमा विस्तृत छलफल गरेका थिए । साथै, स्क्यान कार्यक्रमका सूचकहरू तथा जोखिममा आधारित सुपरिवेक्षण प्रणालीबारे समेत गहन समीक्षा गरिएको थियो ।

कार्यक्रममा विशेष गरी सहकारीमा कृत्रिम बौद्धिकता सम्बन्धी विषयमा वरिष्ठ सूचना प्रविधि अधिकृत कृपेश लामिछानेले सहजीकरण गर्नुभएको थियो । उहाँले ब्क्ष् सहकारी संस्थाका लागि आधुनिक प्रविधि भएको उल्लेख गर्दै यसले सेवा छिटो, सुरक्षित र प्रभावकारी बनाउने बताउनुभयो । सही तरिकाले ब्क्ष् प्रयोग गर्न सके सहकारी संस्थाको विकास, पारदर्शिता तथा सदस्य सन्तुष्टि उल्लेखनीय रूपमा वृद्धि हुने धारणा व्यक्त गर्नुभयो ।

यसैबीच नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले सहकारी क्षेत्रको कर्जा सूचना प्रणालीलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन प्रोडक्ट वाइज कर्जा वर्गीकरण आवश्यक रहेको बताउनुभयो । कर्जा सूचना केन्द्रमा उल्लेख हुने गरी सहकारीका कर्जाहरूलाई स्पष्ट रूपमा वर्गीकरण गर्नुपर्ने उल्लेख गर्दै यसबाट कर्जा सुपरिवेक्षण, जोखिम पहिचान तथा व्यवस्थापन प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो ।

कार्यशालाको सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो । क्ष्क्इ ३१०००ः२०१८ मा आधारित जोखिम व्यवस्थापन ढाँचाअनुसार सामूहिक अभ्यासमूलक विधिबाट प्रशिक्षण प्रदान गर्दै सहकारी संस्थाहरूको वर्तमान अवस्था, जोखिम व्यवस्थापनको आवश्यकता, संस्थागत सुशासन तथा दीर्घकालीन स्थायित्वका लागि अपनाउनुपर्ने व्यावहारिक उपायहरूबारे प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा सहकारी संघ तथा नियामक निकायमा नियमित रूपमा पेश गर्नुपर्ने विवरण, प्रतिवेदन तथा अभिलेख व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउने विषयमा समेत विस्तृत छलफल भएको थियो । तरलता व्यवस्थापन योजना, सम्भावित वित्तीय संकटबाट बच्ने रणनीति, संस्थागत स्थायित्व कायम गर्ने उपाय तथा सदस्यहरूको विश्वास अभिवृद्धि गर्ने विषयमा सहभागीहरूबीच सामूहिक प्रतिबद्धता व्यक्त भएको थियो ।

सहभागीहरूले यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमहरूले सहकारी क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित तथा उत्तरदायी बनाउन महत्वपूर्ण योगदान पु¥याउने धारणा व्यक्त गर्दै कार्यशालाबाट प्राप्त सिकाइ तथा अनुभवलाई आफ्ना संस्थाहरूमा व्यवहारिक रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाएका छन् । उक्त कार्यशालाले सहभागी साकोसहरूबीच अनुभव आदानप्रदान, सहकार्य अभिवृद्धि तथा जोखिम व्यवस्थापन सम्बन्धी साझा बुझाइ विकास गर्न महत्वपूर्ण योगदान पु¥याएको छ ।

कार्यक्रमको सञ्चालन नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको थियो भने कार्यक्रम व्यवस्थापनमा राजेश सापकोटाले सहयोग गर्नुभएको थियो ।


 

भर्खरै
लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप