मोहना लालझाडी क्षेत्र साकोस स्क्यान कार्यक्रममा आबद्ध साथै स्थलगत सुपरिवेक्षण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मोहना लालझाडी क्षेत्र साकोस स्क्यान कार्यक्रममा आबद्ध साथै स्थलगत सुपरिवेक्षण 

कञ्चनपुर । पुर्नबास नगरपालिका १० स्थित मोहना लालझाडी क्षेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) बिच नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) कार्यान्वयनका लागि सम्झौता तथा स्थलगत सुपरीवेक्षण वैशाख २९ गते सम्पन्न भएको छ । 

स्थलगत सुपरीवेक्षण नेफ्स्कून कैलाली सदस्य सेवा कार्यालयका व्यवसाय अधिकृत पवनजंग मल्ल व्यवसाय सहायक योगेश बोहरा र सहायक पुष्पराज तिमिल्सैनाको उपस्थिति रहेको थियो । 

सुपरीवेक्षणमा मोहना लालझाडी क्षेत्र  साकोसको वित्तीय अवस्था, जोखिम व्यवस्थापन तथा कानुनी पालनाको अवस्थाबारे  विश्लेषण भएको थियो । सुपरीवेक्षणका क्रममा संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाउन विभिन्न महत्वपूर्ण पक्षहरूमा केन्द्रित भई समीक्षा भएको थियो ।

सुपरीवेक्षण पछि आयोजित रणनीतिक छलफल कार्यक्रममा नेफ्स्कून कैलाली सदस्य सेवा कार्यालयका व्यवसाय अधिकृत पवनजंग मल्लले संस्थाका सबल पक्षहरू र आगामी दिनमा सुधार गर्नुपर्ने क्षेत्रबारे प्रस्तुति दिनुभयो । उहाँले पहिचान गरिएका सुझावहरूलाई व्यवहारमा उतार्न स्पष्ट कार्ययोजना आवश्यक रहेकोमा जोड दिनुभयो ।

साकोसका सञ्चालक समिति र व्यवस्थापन टिमबाट प्राप्त सुझावहरूलाई तत्काल ‘सुधार कार्ययोजना’ तयार गरी कार्यान्वयनमा लैजाने र सहकारीप्रति सदस्य तथा समुदायको विश्वास अभिवृद्धि गर्न  साकोसले स्वनियमन, आन्तरिक नियन्त्रण प्रणाली तथा वित्तीय अनुशासनलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता साकोसका अध्यक्ष प्रेमलता देवी गौतमले  व्यक्त गर्नुभयो  ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप