काठमाडौँ — एशियाली ऋण महासंघका वरिष्ठ प्राविधिक अधिकृत रञ्जिथ हेटियाराच्ची जेठ ०१ गते (आज) नेपाल आइपुग्नु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को समन्वयमा सञ्चालन हुने विभिन्न कार्यक्रमहरुमा सहभागी हुन उहाँ नेपाल आउनुभएको हो ।
१५ देखि २३ मे २०२६ सम्म चल्ने यस भ्रमणका क्रममा उहाँले नेपालका सहकारीहरुको वित्तीय संस्थाहरूको क्षमता अभिवृद्धि, प्रविधि हस्तान्तरण तथा नेतृत्व विकासका विषयमा प्राविधिक सहयोग पुर्याउनेछन् ।
निर्धारित कार्यक्रम अनुसार काठमाडौँ आगमन लगत्तै टोली आजै नवलपरासी प्रस्थान गरेको छ । नवलपरासीका विभिन्न समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्थाहरूको अवलोकन, सदस्य सेवा प्रणाली र ग्रामीण वित्तीय अभ्यासहरूको अध्ययन गरिनेछ भने लुम्बिनी क्षेत्रका सहकारीहरूको समेत निरीक्षण गरिने कार्यक्रम रहेको छ । साथै बचत तथा ऋण सहकारीको अध्ययन भ्रमणसँगै नेफ्स्कून सञ्चालक समितिसँग साझेदारी र परामर्शका विषयमा छलफल हुने तय भएको छ ।
सहकारी नेतृत्वलाई थप सुदृढ बनाउन काभ्रेको धुलिखेलमा नेतृत्व विकासका तालिम प्रशिक्षणको समेत आयोजना गरिएको नेफ्स्कून तालिम केन्द्रले जनाएको छ । त्यसैगरी यहि विचमा काठमाडौँमा सहकारी क्षेत्रको वर्तमान कानुनी अवस्था र आगामी मार्गचित्रका बारेमा व्यवस्थापन प्रमुखहरुसँग कार्यशाला आयोजना गरिनेछ ।
नेफ्स्कूनले यो भ्रमणबाट नेपालको सहकारी अभियानमा अन्तर्राष्ट्रियस्तरका उत्कृष्ट अभ्यास, आधुनिक प्रविधि र नेतृत्व विकासका नयाँ आयामहरू भित्र्याउन उल्लेख्य सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
१२ दिन अगाडि
१२ दिन अगाडि
१८ दिन अगाडि
१९ दिन अगाडि
३६ दिन अगाडि
२५ दिन अगाडि
२८ दिन अगाडि
२८ दिन अगाडि
२८ दिन अगाडि
२६ दिन अगाडि
१० दिन अगाडि
४१ दिन अगाडि