एशियाली ऋण महासंघको नेपाल भ्रमण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एशियाली ऋण महासंघको नेपाल भ्रमण

काठमाडौँ — एशियाली ऋण महासंघका वरिष्ठ प्राविधिक अधिकृत रञ्जिथ हेटियाराच्ची जेठ ०१ गते (आज) नेपाल आइपुग्नु भएको छ ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को समन्वयमा सञ्चालन हुने विभिन्न कार्यक्रमहरुमा सहभागी हुन उहाँ नेपाल आउनुभएको हो । 

१५ देखि २३ मे २०२६ सम्म चल्ने यस भ्रमणका क्रममा उहाँले नेपालका सहकारीहरुको वित्तीय संस्थाहरूको क्षमता अभिवृद्धि, प्रविधि हस्तान्तरण तथा नेतृत्व विकासका विषयमा प्राविधिक सहयोग पुर्‍याउनेछन् ।

निर्धारित कार्यक्रम अनुसार काठमाडौँ आगमन लगत्तै टोली आजै नवलपरासी प्रस्थान गरेको छ । नवलपरासीका विभिन्न समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्थाहरूको अवलोकन, सदस्य सेवा प्रणाली र ग्रामीण वित्तीय अभ्यासहरूको अध्ययन गरिनेछ भने लुम्बिनी क्षेत्रका सहकारीहरूको समेत निरीक्षण गरिने कार्यक्रम रहेको छ । साथै बचत तथा ऋण सहकारीको अध्ययन भ्रमणसँगै नेफ्स्कून सञ्चालक समितिसँग साझेदारी र परामर्शका विषयमा छलफल हुने तय भएको छ ।

सहकारी नेतृत्वलाई थप सुदृढ बनाउन काभ्रेको धुलिखेलमा नेतृत्व विकासका तालिम प्रशिक्षणको समेत आयोजना गरिएको नेफ्स्कून तालिम केन्द्रले जनाएको छ । त्यसैगरी यहि विचमा काठमाडौँमा सहकारी क्षेत्रको वर्तमान कानुनी अवस्था र आगामी मार्गचित्रका बारेमा व्यवस्थापन प्रमुखहरुसँग कार्यशाला आयोजना गरिनेछ । 

नेफ्स्कूनले यो भ्रमणबाट नेपालको सहकारी अभियानमा अन्तर्राष्ट्रियस्तरका उत्कृष्ट अभ्यास, आधुनिक प्रविधि र नेतृत्व विकासका नयाँ आयामहरू भित्र्याउन उल्लेख्य सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप