शुभेच्छा साकोसको स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
शुभेच्छा साकोसको स्क्यान कार्यक्रम अन्तर्गत  स्थलगत सुपरिवेक्षण सम्पन्न

रामेछाप – रामेछापको मन्थली नगरपालिका-१, मन्थली स्थित शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा जेठ १७ गते नियमित निरीक्षण अनुगमन (SCAN – Supervisory Checks and Analysis for Navigation) कार्यक्रमको स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा सञ्चालित 'स्क्यान' कार्यक्रममा आबद्ध यस साकोसको समग्र संस्थागत कार्यप्रणाली, सुशासन, वित्तीय व्यवस्थापन र सदस्य सेवाको गुणस्तर मूल्याङ्कन गर्नका लागि सुपरिवेक्षण गरिएको हो ।

स्थलगत सुपरिवेक्षण सम्पन्न पश्चात् नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले संस्थाको सञ्चालक समिति र व्यवस्थापन समक्ष सहजीकरण गरी सुपरिवेक्षणका क्रममा प्राप्त सुझावहरु माथि छलफल गर्नुभएको थियो । सोही छलफलबाट संस्थाको सुधार योजना तयार गरी तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता संस्था पक्षबाट व्यक्त भएको छ ।शुभेच्छा साकोस ‍नेफ्स्कूनको पूर्ववत जाेखिममा  आधारित साकाेस सुपरिवेक्षण  कार्यक्रम (CURBS) मा आबद्ध भइ, हाल 'स्क्यान' कार्यक्रम मार्फत स्तरीकरणका लागि प्रयासरत रहेको छ ।

'स्क्यान' कार्यक्रमले सहकारी संस्थाहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गुणस्तरयुक्त र व्यावसायिक बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यस किसिमको सुपरिवेक्षणले शुभेच्छा साकोसलाई वित्तीय सक्षमता, सुशासन र सदस्य सन्तुष्टिको दृष्टिले थप सशक्त बनाउन प्रेरणा प्रदान गर्दछ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप