जनउत्थान साकोसमा तीन दिने ‘द लिडर बुटक्याम्प’ सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनउत्थान साकोसमा तीन दिने ‘द लिडर बुटक्याम्प’ सञ्चालन

काठमाडौँ । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सहकारी सञ्चालन तथा व्यवस्थापन क्षमता विकासका लागि सञ्चालित तीन दिने ‘द लिडर बुटक्याम्प’ काभ्रेको धुलिखेल भिलेज रिसोर्टमा जेठ १७ गते सम्पन्न भएको छ ।

बुटक्याम्पको उद्घाटन समारोहमा प्रमुख अतिथि ज्ञानु पौडेल रहनुभएको थियो । उद्घाटन मन्तव्य राख्दै पौडेलले सहकारी क्षेत्रको समग्र विकास र प्रर्बधनमा आफ्नो तर्फबाट निरन्तर योगदान रहने विचार व्यक्त गर्नुभयो । साकोसका अध्यक्ष गिरी प्रसाद पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत (प्रकाअ) रन बहादुर थापाको समेत उपस्थिति रहेको थियो ।

सहकारीको आन्तरिक व्यवस्थापन र नेतृत्व क्षमतालाई थप सुदृढ बनाउने उद्देश्यका साथ आयोजना गरिएको बुटक्याम्पमा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार तथा उच्च व्यवस्थापन तहका कर्मचारी गरी जम्मा ३१ जनाको सहभागिता रहेको थियो ।

तालिम अवधिभर नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले गेस्ट लेक्चरर को रूपमा महत्वपूर्ण मार्गनिर्देशन गर्नुभएको थियो भने नेफ्स्कूनका प्राचार्य बल्लभ तिमल्सिना र वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले मुख्य सहजकर्ताको भूमिका निर्वाह गर्दै सहभागीहरूलाई सहकारी सञ्चालनका आधुनिक आयाम र व्यवस्थापकीय क्षमता अभिवृद्धिका विषयमा विस्तृत सहजीकरण गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप