स्थापना दिवसमा हातेमालो साकोसद्वारा उत्कृष्ट विद्यार्थी, बचतकर्ता र ज्येष्ठ सदस्य सम्मानित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थापना दिवसमा हातेमालो साकोसद्वारा उत्कृष्ट विद्यार्थी, बचतकर्ता र ज्येष्ठ सदस्य सम्मानित

सिमरा ।  हातेमालो बचत तथा ऋण सहकारी संस्था लि सिमराले आफ्नो १९औँ स्थापना दिवस विभिन्न सम्मान तथा पुरस्कार वितरण कार्यक्रमका साथ जेठ १९ गते सम्पन्न गरेको छ ।

संस्थाको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा नगरभित्रका सामुदायिक क्याम्पसहरूबाट चारवर्षे स्नातक तहमा समग्र रूपमा प्रथम हुने एक–एक जना छात्र र छात्रालाई पुरस्कृत गरिएको थियो । साथै उनीहरूका अभिभावकलाई सम्मान समेत गरिएको संस्थाले जनाएको छ ।

त्यसैगरी संस्थाका प्रत्येक सेवा केन्द्रबाट एक–एक जना उत्कृष्ट नियमित बचतकर्ता तथा कर्जा कारोबारकर्तालाई सम्मान गरिएको थियो । एक जना बाल बचतकर्ता, जी.सी. १४ निवासी सामाजिक व्यक्तित्व नारायण बर्तौला तथा संस्थाका कर्मचारी सुनिल पटेल लाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाका ६० भन्दा बढी ज्येष्ठ सदस्यहरूलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष रामचन्द्र पौडेल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद देवनारायण थारु प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा भोलाप्रसाद अधिकारी लगायत विभिन्न वडाका वडा अध्यक्ष, संघ–संस्थाका प्रतिनिधि तथा सरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव चूडामणि गौतमले गर्नुभएको थियो । स्वागत मन्तव्य लेखा संयोजक यज्ञबहादुर आले ले राख्नुभएको थियो भने धन्यवाद ज्ञापन उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनकुमारी खनालले गर्नुभएको थियो ।

स्थापना दिवसका अवसरमा आयोजित सम्मान तथा पुरस्कार कार्यक्रमले शिक्षा, बचत संस्कार, सामाजिक योगदान र ज्येष्ठ सदस्यहरूको सम्मानमार्फत समुदायसँग संस्थाको सम्बन्ध अझ सुदृढ बनाउन सहयोग पुगेको संस्थाले जनाएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप