साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला धुलिखेलमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला धुलिखेलमा सम्पन्न

धुलिखेल । नेफ्स्कूनको आयोजनामा  “साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला” काभ्रे जिल्लाको धुलिखेलमा जेठ १९ गते सम्पन्न भएको छ । 

कार्यक्रमको उद्घाटन संघका कोषाध्यक्ष दिपक थापाले व्यानर पढेर गर्नुभएको थियो । कार्यशालामा काभ्रे र सिन्धुपाल्चोक जिल्लाका १५ वटा साकोसका २९ जना प्रतिनिधिहरुको सहभागीता रहेको थियो । 

कार्यशालामा सहभागीहरूले सहकारी संस्थामा देखिन सक्ने सम्भावित जोखिमहरूको पहिचान, जोखिम न्यूनीकरणका उपायहरू तथा दिगो व्यवस्थापन प्रणाली विकास सम्बन्धी विषयमा विस्तृत छलफल गरेका थिए । साथै, स्क्यान कार्यक्रमका सूचकहरू तथा जोखिममा आधारित सुपरिवेक्षण प्रणालीबारे समेत गहन समीक्षा गरिएको थियो ।

सहकारी संघ तथा नियामक निकायमा नियमित रूपमा पेश गर्नुपर्ने विवरण, प्रतिवेदन तथा अभिलेख व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउने विषयमा समेत विस्तृत छलफल भएको थियो । तरलता व्यवस्थापन योजना, सम्भावित वित्तीय संकटबाट बच्ने रणनीति, संस्थागत स्थायित्व कायम गर्ने उपाय तथा सदस्यहरूको विश्वास अभिवृद्धि गर्ने विषयमा सहभागीहरूबीच सामूहिक प्रतिबद्धता व्यक्त भएको थियो ।

सहभागीहरूले यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमहरूले सहकारी क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित तथा उत्तरदायी बनाउन महत्वपूर्ण योगदान पु¥याउने धारणा व्यक्त गर्दै कार्यशालाबाट प्राप्त सिकाइ तथा अनुभवलाई आफ्ना संस्थाहरूमा व्यवहारिक रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाएका छन् । कार्यशालाको सहजीकरण  कर्जा असुली न्ययधिकरणका अधृकृत नबिन मैनाली, नेफ्स्कूनका बरिष्ठ अधिकृत प्रेम नाथ वाग्ले , बरिष्ठ सुचना प्रबिधि अधिकृत कृपेश लामिछाने र संघका कार्यक्रम अधिकृत राजन सुबेदीले गर्नुभएको थियो  भने कार्यक्रम सञ्चालन नेफ्स्कून सदस्य सेवा कार्यालयका इन्चार्ज उमेश कोइरालाले गर्नुभएको थियो ।  

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप