रामेछापमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 रामेछापमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न

रामेछाप ।  रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहयोगमा आयोजित दुईदिने सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम जेठ १८ गते मन्थलीमा सम्पन्न भएको छ ।

रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षतामा सम्पन्न तालिमको उद्घघाटन संघका पूर्व अध्यक्ष तथा सहकारी अभियन्ता गोविन्दप्रसाद घिमिरेले गर्नुभएको थियो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै सहकारी अभियन्ता घिमिरेले वर्तमान समयमा अत्यन्तै महत्वपूर्ण विषयमा तालिम आयोजना गरेकोमा बचत संघ तथा प्राविधिक सहयोगी नेफ्स्कूनलाई धन्यवाद ज्ञापन गर्नुभयो । साथै, सहभागीहरूलाई तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्दै सम्पत्ति शुद्धीकरण सम्बन्धी नियमित प्रतिवेदन (रिपोर्टिङ) गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष दाहालले सहकारी संस्थाका कर्मचारीहरू संस्थाले गर्ने हरेक कार्यका लागि योग्य र सक्षम हुनुपर्नेमा जोड दिनुभयो । उहाँले तालिम तथा शिक्षाले संस्थाको भविष्य मात्र नभई कर्मचारीको व्यक्तिगत करियर निर्माणमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आफ्नो क्षमता कार्यसम्पादन मार्फत प्रमाणित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रमको समापनमा सहभागीहरूले तालिम आयोजना गरी सहभागिताको अवसर प्रदान गरेकोमा आयोजकप्रति आभार व्यक्त गरेका थिए । 

रामेछाप र सिन्धुली जिल्लाबाट जम्मा ३० जनाको सहभागिता रहेको उक्त तालिमको सञ्चालन रामेछाप जिल्ला बचत संघका महासचिव शिवराज श्रेष्ठले गर्नुभएको थियो । तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत शौभाग्य भट्टराईले गर्नुभएको थियो भने व्यवस्थापन जिल्ला बचत संघकी व्यवस्थापक गीता नेपाल न्यौपानेले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप