धनुषाको सारा साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरिवेक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धनुषाको सारा साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरिवेक्षण

धनुषा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले नियमित निरीक्षण तथा अनुगमन कार्यक्रमअन्तर्गत सारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धनुषामा दोस्रो स्थलगत सुपरिवेक्षण असार ८ गते सम्पन्न गरेको छ।

संघले सहकारी क्षेत्रमा सुशासन, दिगोपन तथा वित्तीय अनुशासन प्रवर्द्धन गर्ने उद्देश्यले नेफ्स्कूनले नियमित स्थलगत सुपरिवेक्षण कार्यक्रमलाई निरन्तरता दिएको छ।

सुपरिवेक्षणको उद्देश्य सहकारी संस्थाहरूलाई राज्य तथा नियामक निकायका नीति, निर्देशन, मापदण्ड र कार्यविधिको प्रभावकारी कार्यान्वयनमा सक्षम बनाउनु, सदस्यहरूको आर्थिक सशक्तीकरणलाई प्रोत्साहन गर्नु तथा बचतकर्ताहरूको विश्वास अभिवृद्धि गर्नु रहेको  छ।

सुपरिवेक्षणका क्रममा संस्थाको शेयर, बचत तथा ऋण व्यवस्थापन, सदस्यता प्रणाली, आन्तरिक सुशासन, लेखा प्रणाली, सूचना प्रविधि, सुरक्षा व्यवस्था, सम्पत्ति शुद्धीकरण निवारण (AML/CFT) सम्बन्धी नीति तथा भाखा नाघेका ऋणको असुली अवस्थालगायत विषयहरूको मूल्याङ्कन गरिएको थियो।

कार्यक्रममा नेफ्स्कूनका महेश वराल को सहभागिता रहेको थियो। संस्थाका तर्फबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा उच्च व्यवस्थापन तहका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप