गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

काठमाडौ । नेफ्स्कून सदस्य सेवा कार्यालय कलंकी अन्तर्गत सञ्चालनमा रहेको गृहिणी सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) बीच नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम सञ्चालनका लागि साउन १२ गते सम्झौता भएको छ ।

वि.सं. २०७९ सालदेखि नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण (कव्र्स) कार्यक्रममा सहभागी भई संस्थागत स्तरीकरणमा रहेको उक्त संस्था हाल  नेफ्स्कूनद्वारा सञ्चालित पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन) मा समेत आबद्ध भएको हो ।

चन्द्रागिरि नगरपालिका–१३, भृकुटीनगरका सक्रिय महिला सदस्यहरूद्वारा सञ्चालित यस संस्थाले आन्तरिक तथा बाह्य जोखिम व्यवस्थापन, सदस्य संरक्षण, सुशासन प्रवद्र्धन तथा नियामकीय व्यवस्थाअनुसार कार्यप्रणाली अद्यावधिक गर्ने उद्देश्यले स्क्यान तथा प्रोवेसन कार्यक्रममा आबद्ध भएको साकोसका व्यवस्थापकले जनाउनु भएको छ ।  

नेफ्स्कूनले सदस्य संस्थाहरूको आन्तरिक तथा बाह्य जोखिम न्यूनीकरण, सुशासन प्रवद्र्धन तथा सुरक्षित एवं व्यवसायिक संस्था निर्माणमा सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गर्दै आएको नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत सुपरिवेक्षण तथा प्रोवेसन कार्यक्रममा आबद्धताका लागि दुवै पक्षबीच सम्झौता भएको हो ।

संस्थाका अध्यक्ष शोभा भट्ट गौतमले स्तरीकरण कार्यक्रममा आबद्ध भई नियमित जोखिम पहिचान तथा व्यवस्थापन, सुशासन कायम, वित्तीय सूचक सुधार, नियामकीय व्यवस्थाअनुसार आन्तरिक कार्यविधि अद्यावधिक, नवीन अभ्यास कार्यान्वयन तथा सदस्यको विश्वास र संरक्षण अभिवृद्धिमा कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेफ्स्कूनको नियमित सुपरिवेक्षणबाट संस्थाले निरन्तर मार्गदर्शन प्राप्त गर्दै आएको र संस्थाको दिगो विकासका लागि सञ्चालक समिति तथा व्यवस्थापन सदैव सक्रिय रहने बताउनुभयो ।

संस्थाकी व्यवस्थापक पुनम बरालका अनुसार स्क्यानका सूचकका आधारमा नियामकीय प्रतिवेदन, कानुनी जोखिम, वित्तीय जोखिम, बजार जोखिम तथा सुशासनसँग सम्बन्धित पक्षहरूको नियमित मूल्याङ्कन साथै प्रोवेसनका ५० सूचकमा अभ्यास गर्दै स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षण मार्फत संस्थाको व्यवसायिकता र स्तरोन्नतिमा सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो । 

सम्झौतापत्रमा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल र संस्थाकी अध्यक्ष शोभा भट्ट गौतमले हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत सोविता मैनाली, संस्थाका कोषाध्यक्ष सरस्वती घिमिरे, व्यवस्थापक पुनम बराल तथा इन्चार्ज सीता हमालको रोहवर रहेको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२२ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२२ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप