उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

दोलखा । मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहयोगमा सञ्चालन गरिएको उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण तालिम श्रावण १२ गते सम्पन्न भएको छ ।

सहकारीका सदस्यहरूको उद्यमशीलता विकास, उद्यम तथा उद्यमीहरूको अवस्था पहिचान, मेट्रिक्स नक्साङ्कन प्रक्रिया, उद्यमको सम्भावना विश्लेषण तथा आवश्यक सहयोगका क्षेत्र पहिचान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाले जनाएको छ ।

तालिमका सहभागीहरूलाई उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कनको अवधारणा, यसको प्रयोग विधि, तथ्याङ्क संकलन तथा विश्लेषण, व्यवसाय वर्गीकरण र सदस्य केन्द्रित उद्यम प्रवद्र्धनका व्यावहारिक पक्षबारे जानकारी गराइएको थियो । 

तालिम नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठ र कार्यक्रम अधिकृत राजन सुवेदीले सहजीकरण गर्नुभएको थियो । सहकारी संस्थाले सदस्यहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि उद्यम प्रवद्र्धनमा निर्वाह गर्नुपर्ने भूमिका, मेट्रिक्स नक्साङ्कनको आवश्यकता तथा त्यसको व्यवहारिक प्रयोगका विषयमा अन्तरक्रियात्मक रूपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

समापन कार्यक्रममा साकोसका अध्यक्षले नेफ्स्कूनप्रति प्राविधिक सहयोगका लागि आभार व्यक्त गर्दै तालिमबाट प्राप्त ज्ञानलाई संस्थागत अभ्यासमा रूपान्तरण गरी सदस्यहरूको उद्यम विकास तथा आयआर्जन अभिवृद्धिमा प्रभावकारी रूपमा उपयोग गरिने प्रतिबद्धता जनाउनु भएको थियो । 

सहभागीहरूले तालिमलाई उपयोगी, व्यवहारमुखी तथा सहकारीमार्फत उद्यम विकासलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने प्रतिक्रिया दिएका थिए ।
२० जनाको सहभागीतामा संचालित अभिमुखीकरण कार्यक्रमले सहकारी संस्थाहरूलाई सदस्यहरूको उद्यम क्षमता पहिचान, व्यवसाय विस्तार तथा दिगो आर्थिक विकासमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकको विश्वास छ ।
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१३ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१४ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१३ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१४ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप