गोरखकाली साकोसद्वारा लघु व्यवसाय खेल तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गोरखकाली साकोसद्वारा लघु व्यवसाय खेल तालिम सम्पन्न

गोरखा । गोरखकाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गोरखा नगरपालिका–९, गोरखाको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोग र German Sparkassenstiftung for International Cooperation (DSIK) को सहयोगमा श्रावण १६ गतेदेखि १८ गतेसम्म द्रव्यशाह बहुमुखी क्याम्पस, लक्ष्मीबजारको सभाकक्षमा तीनदिने लघु व्यवसाय खेल तालिम सम्पन्न भएको छ ।

कार्यक्रमको सञ्चालन संस्थाका सञ्चालक समितिका सचिव देवेन्द्र बस्नेतले गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सुजन कुँवरले गर्नुभएको थियो भने द्रव्यशाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख एकदेव अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । 

तालिमको सहजीकरणका लागि नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दीपराज ढकाल र प्रकाश अधिकारीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । उद्घघाटन सत्रमा संस्थाका उपाध्यक्ष शशी बस्न्यात, सञ्चालक सदस्य मीरा पुडासैनी, चन्द्रकुमारी वि.क. तथा लेखा सुपरिवेक्षण समितिका संयोजक भुवनसिंह बस्नेतको समेत आतिथ्यता रहेको थियो । 

३१ जनाको सहभागितामा सञ्चालित कार्यक्रममा प्रशिक्षक प्रकाश अधिकारी र सन्दीपराज ढकालले उपलब्ध सामग्रीको प्रयोग गर्दै सुन्तलाको जुस तथा भुइँकटहरको जुस पसललाई उदाहरणका रूपमा प्रस्तुत गरी ग्राहक पहिचान, वस्तु खरिद, बिक्री अनुमान, व्यवसाय सञ्चालन तथा व्यवस्थापनसँग सम्बन्धित विषयहरूलाई व्यावहारिक अभ्याससहित प्रशिक्षण दिनुभएको थियो ।

तालिम अवधिभर सहभागीहरूलाई चार चरणमा विभाजन गरी आठ वटा व्यवसाय खेल सञ्चालन गरिएको थियो । उक्त अभ्यासमार्फत सहभागीहरूले व्यवसायको आम्दानी–खर्च, नगद प्रवाह विवरण तथा अन्तिम वासलात (Balance Sheet) तयार गर्ने प्रक्रियासम्बन्धी व्यावहारिक ज्ञान तथा सीप हासिल गरेका छन् । तालिमले सहभागीहरूमा लघु व्यवसाय सञ्चालन, वित्तीय व्यवस्थापन तथा व्यवसायिक निर्णय क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको विश्वास गरिएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप