सिद्धार्थ साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिद्धार्थ साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सञ्चालन गर्दै आएको स्क्यान कार्यक्रममा मध्यपुर थिमी–५ स्थित सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लि. भदौ ८ गते आबद्ध भएको छ ।

कार्यक्रममा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल र सिद्धार्थ साकोसका अध्यक्ष राजेश श्रेष्ठको उपस्थितिमा नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरे, अनुगमन सहजकर्ता राजेश सापकोटा तथा सिद्धार्थ साकोसका सचिव सोहन कायस्थ, कोषाध्यक्ष हिरामान शंखदेव र व्यवस्थापक अञ्जली श्रेष्ठको उपस्थिति रहेको थियो ।

सहकारी ऐन, २०७४ को दफा २५ र दफा ९९ द्वारा प्रदान गरिएको कानुनी आधारअनुसार सम्पन्न सम्झौताले सहकारी संस्थाहरूमा जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, गुणस्तरीय सेवा अभिवृद्धि तथा संस्थागत पृष्ठपोषणलाई प्राथमिक कार्यक्षेत्रका रूपमा अघि बढाउने लक्ष्य राखेको छ ।

सहकारी संस्थालाई थप व्यवस्थित र सुदृढ बनाउन नियमनकारी निकायबाट जारी गरिएका निर्देशिका अनुसार साकोसले पालना गर्नुपर्ने नीति तथा नियमको अवस्थाको विश्लेषण गरिनेछ । यसका लागि नेफ्स्कूनले स्क्यानका सूचकका आधारमा नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्याङ्कन तथा आन्तरिक नियन्त्रण प्रणालीको परीक्षण गरी निरन्तर अनुगमन गर्नेछ ।

सम्झौतामार्फत संस्थामा विद्यमान जोखिमको पहिचान तथा व्यवस्थापन गर्दै सहकारी क्षेत्रमा उपलब्ध नवीनतम प्रविधिको प्रयोग, निरन्तर प्रर्बधन, विकास तथा संरक्षणमार्फत क्षेत्रगत स्थायित्व सुनिश्चित गर्ने लक्ष्य लिइएको छ। साथै, सहकारीको मर्मअनुसार स्व–नियमनको अभ्यासलाई सुदृढ बनाउने उद्देश्य पनि कार्यक्रमले राखेको छ ।

स्क्यान कार्यक्रममार्फत साकोसहरूको वित्तीय सुशासन प्रवद्र्धन, सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रतिवेदन तोकिएको ढाँचामा सम्बन्धित निकायमा पेश गर्ने प्रणालीको प्रभावकारी कार्यान्वयन, भाखा नाघेको ऋण असुलीमा सुधार, जोखिम व्यवस्थापन तथा संस्थागत सक्षमता विकास गर्ने लक्ष्य राखिएको छ ।

त्यसैगरी, गुणस्तर सुनिश्चितता कार्यक्रम मार्फत ब्रान्ड प्राप्ति, योजनाबद्ध रूपमा साकोस सञ्चालन, सहकारीमैत्री व्यवस्थापन तथा क्युरिमा ३६० का आधारमा क्षेत्रगत जोखिम न्यूनीकरण गर्ने उद्देश्य रहेको छ । कार्यक्रमले सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ राख्दै संस्थाको वित्तीय तथा संस्थागत सुशासनलाई थप मजबुत बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप