सुर्खेत । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि., सुर्खेतले सञ्चालक तथा कर्मचारीहरूको क्षमता विकास सम्बन्धी एकदिने तालिम सम्पन्न गरेको छ ।
साकोसका अध्यक्ष महेन्द्र प्रसाद शर्माको अध्यक्षतामा सञ्चालित कार्यक्रम नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का वरिष्ठ अधिकृत कोमल राज अधिकारीले सहजीकरण गर्नुभएको थियो ।
संस्थाका सञ्चालक समिति, लेखा समिति, सल्लाहकार तथा व्यवस्थापनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा दिगो सहकारी निर्माणका लागि आवश्यक रणनीति, सञ्चालक समिति तथा व्यवस्थापनको भूमिका र जिम्मेवारी, ‘फिट एण्ड प्रोपर’ सम्बन्धी व्यवस्था तथा वर्तमान कानुनी प्रावधान लगायतका विषयमा प्रशिक्षण तथा छलफल भएको थियो । सहकारी संस्थालाई थप व्यवस्थित, पारदर्शी, उत्तरदायी र दिगो बनाउन सञ्चालक तथा व्यवस्थापनको क्षमता अभिवृद्धि आवश्यक रहेकोमा कार्यक्रममा जोड दिइएको थियो ।
सहकारी क्षेत्रको दिगो विकास र व्यवसायीकीकणका लागि संस्थाको सञ्चालक तथा कर्मचारीहरुको क्षमता अत्यन्तै महत्वपूर्ण भएको र सहकारीका सञ्चालकहरूले जोखिम व्यवस्थापन, वित्तीय पारदर्शिता र सदस्यहरूको हितमूलक नेतृत्व क्षमता हासिल गर्नुपर्ने आवश्यकतामा जोड दिदैँ आफ्ना सहकारी संस्थाका सदस्यहरूको आर्थिक सशक्तिकरण र सामुदायिक विकासको केन्द्रबिन्दुमा सञ्चालकहरूको भूमिका अझ प्रभावकारी बनाउन तालिमको आयोजना भएको हो ।
तालिमले आवश्यक ज्ञान, सिप र दक्षता प्रदान गर्ने सञ्चालकहरूले नैतिकताको उच्च मापदण्ड कायम राख्दै, सदस्यहरूको विश्वास र समुदायको आकांक्षालाई केन्द्रमा राखेर नेतृत्व गर्नुपर्ने हुन्छ । सहकारी संस्थाको सफलताको आधार सदस्यहरूको सन्तुष्टि र विश्वास रहेको छ । सञ्चालकहरूले प्रत्येक निर्णय गर्दा सदस्यहरूको आवश्यकता र सन्तुष्टिलाई राख्नुपर्छ । साथै गोपनीयताको सिद्धान्त अत्यन्त महत्वपूर्ण रहेको र सदस्यहरूको वित्तीय कारोवार, व्यक्तिगत जानकारीहरू र संस्थागत गोपनीयता कायम गर्नु सञ्चालकहरूको नैतिक जिम्मेवारी हो । तालिममा सहभागिहरुले तालिमको सिकाई र अनुभव राख्दै तालिम व्यवहारिक भएको, आफुले अपेक्षा गरेको भन्दा बढीनै ज्ञान तथा सिप तालिमबाट प्राप्त गरेको र सिकेको कुरा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
तालिमले संस्थाको संस्थागत सुशासन सुदृढ गर्दै प्रभावकारी व्यवस्थापन र जिम्मेवार नेतृत्व विकासमा सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।
४ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
७ दिन अगाडि
७ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
६ दिन अगाडि
९ दिन अगाडि
७ दिन अगाडि
१७ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
१६ दिन अगाडि
७ दिन अगाडि