जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

सुर्खेत । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि., सुर्खेतले सञ्चालक तथा कर्मचारीहरूको क्षमता विकास सम्बन्धी एकदिने तालिम सम्पन्न गरेको छ ।

साकोसका अध्यक्ष महेन्द्र प्रसाद शर्माको अध्यक्षतामा सञ्चालित कार्यक्रम नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का वरिष्ठ अधिकृत कोमल राज अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

संस्थाका सञ्चालक समिति, लेखा समिति, सल्लाहकार तथा व्यवस्थापनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा दिगो सहकारी निर्माणका लागि आवश्यक रणनीति, सञ्चालक समिति तथा व्यवस्थापनको भूमिका र जिम्मेवारी, ‘फिट एण्ड प्रोपर’ सम्बन्धी व्यवस्था तथा वर्तमान कानुनी प्रावधान लगायतका विषयमा प्रशिक्षण तथा छलफल भएको थियो । सहकारी संस्थालाई थप व्यवस्थित, पारदर्शी, उत्तरदायी र दिगो बनाउन सञ्चालक तथा व्यवस्थापनको क्षमता अभिवृद्धि आवश्यक रहेकोमा कार्यक्रममा जोड दिइएको थियो ।

सहकारी क्षेत्रको दिगो विकास र व्यवसायीकीकणका लागि संस्थाको सञ्चालक तथा कर्मचारीहरुको क्षमता अत्यन्तै महत्वपूर्ण भएको र सहकारीका सञ्चालकहरूले जोखिम व्यवस्थापन, वित्तीय पारदर्शिता र सदस्यहरूको हितमूलक नेतृत्व क्षमता हासिल गर्नुपर्ने आवश्यकतामा जोड दिदैँ आफ्ना सहकारी संस्थाका सदस्यहरूको आर्थिक सशक्तिकरण र सामुदायिक विकासको केन्द्रबिन्दुमा सञ्चालकहरूको भूमिका अझ प्रभावकारी बनाउन तालिमको आयोजना भएको हो । 

तालिमले आवश्यक ज्ञान, सिप र दक्षता प्रदान गर्ने सञ्चालकहरूले नैतिकताको उच्च मापदण्ड कायम राख्दै, सदस्यहरूको विश्वास र समुदायको आकांक्षालाई केन्द्रमा राखेर नेतृत्व गर्नुपर्ने हुन्छ । सहकारी संस्थाको सफलताको आधार सदस्यहरूको सन्तुष्टि र विश्वास रहेको छ । सञ्चालकहरूले प्रत्येक निर्णय गर्दा सदस्यहरूको आवश्यकता र सन्तुष्टिलाई राख्नुपर्छ । साथै गोपनीयताको सिद्धान्त अत्यन्त महत्वपूर्ण रहेको र सदस्यहरूको वित्तीय कारोवार, व्यक्तिगत जानकारीहरू र संस्थागत गोपनीयता कायम गर्नु सञ्चालकहरूको नैतिक जिम्मेवारी हो ।  तालिममा सहभागिहरुले तालिमको सिकाई र अनुभव राख्दै तालिम व्यवहारिक भएको, आफुले अपेक्षा गरेको भन्दा बढीनै ज्ञान तथा सिप तालिमबाट प्राप्त गरेको र सिकेको कुरा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

तालिमले संस्थाको संस्थागत सुशासन सुदृढ गर्दै प्रभावकारी व्यवस्थापन र जिम्मेवार नेतृत्व विकासमा सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१० दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

२० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२९ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२९ दिन अगाडि

पाठकबाट थप