साकोसहरुका लागि सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी भर्चुअल तालिम  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसहरुका लागि सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी भर्चुअल तालिम  

भक्तपुर, भदौ २१ । जिल्ला बचत संघ भक्तपुरले बन्दाबन्दीको अवसर पारेर सदस्य साकोसहरुलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी भर्चुअल अभिमुखीकरण सञ्चालन गरेको छ । यसअघि संघले भदौ १६ र १९ गते क्रमश महामारीको अवस्थामा ऋण व्यवस्थापन तालिम र प्रडक्ट डिजाइन तालिम सञ्चालन गरेको थियो । संघका सदस्य संस्थाहरुका लागि लक्षित गरी आयोजना गरेको सो वेबिनारमा सम्पति शुद्धीकरण निवारणको आवश्यकता, महत्व, सम्पत्ती शुद्धीकरण हुन आउने क्षेत्र, यसले प्रभाव पार्ने क्षेत्र, यस सम्बन्धी ऐन कानुनको पालना तथा कार्यान्वयका लागि सहकारी संस्थाहरुले खेल्नुपर्ने भूमिका, नीतिगत ब्यवस्था, दण्ड जरीवाना एवं यसको कार्यान्वयनका चुनौती सम्बन्धमा समेत संघका व्यवस्थापक बालकृष्ण ध्वजुले प्रस्तुतीकरण गर्नु भएको थियो । अपराधिक क्रियाकलापबाट संकलित फोहर धन तथा कालो धन सम्पति शुद्धीकरण हुनबाट नियन्त्रणका लागि सहकारी संस्थाले अनिवार्य कार्यान्वयनमा ल्याउनुपर्ने कुरा बताउदै ब्यबस्थापक ध्वजूले समुदायमा आधारित सहकारी संस्थाहरुले सो ऐन कार्यान्वयन गर्न ध्यान दिनुपर्ने विविध विषयहरुमा प्रष्ट पार्नु भयोे ।

तालिममा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सम्पति शुद्धीकरण निवारण ऐनले सहकारी लगायत बैक तथा वित्तिय निकायमा आर्थिक कारोबार गर्दा स्रोत खुलाउन नसकिएको रकम सरकारले जफत समेत गर्न सक्ने भएकाले यस विषयमा सहकारीका सञ्चालक, कर्मचारी सूसुचित भई सदस्य समुदायलाई पनि यसबारे जानकारी दिनुपर्नेमा जोड दिनु भयो । विशेष गरी घर जग्गा किनबेच गर्दा कम मूल्यांकन गरी बढी पैसा लिएको रकम सहकारी एवं वितिय संस्थामा जम्मा गर्दा समेत बढी भएको रकम जफत हुने र यस्तो कारोबार गरेबापत थपदण्ड जरिवाना समेत तिर्नुपर्ने अवस्था हुने भएकाले जनचेतना अभिवृद्धि गर्न आवश्यक भएको संघका अध्यक्ष लाखाजुले जोड दिनु भयो । आफ्नै पैसा भएर पनि स्रोत खुलाउन सकिएन भने सो पैसा जफत हुनका साथै दण्ड जरीवानाको भागिदार समेत हुनुपर्ने भएकाले नीतिसंगत रुपले मात्रै आर्थिक कारोबार गर्न उहाँले जोड दिनु भयो । 

संघका कोषाध्यक्ष एवं वित्तीय सेवा प्रवद्र्धन उपसमितिका संयोजक कान्छा भक्त घजुको सभापतित्वमा भएको सो उक्त भर्चुअल तालिममा उपसमितिका सदस्य राजाराम गोसाईको स्वागत मन्तव्य रहयो ।  प्रत्यक्ष फेसबुक लाइभमा ५७ जना र जुम ५३ जना गरी जम्मा ११० जनाको सहभागिता रहेको सो तालिममा सहकारी विभागबाट जारी सम्पति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन अन्तर्गत सहकारीले परिपालना गर्नुपर्ने विषय बस्तुबारे छलफल गरेको थियो । सो तालिमको संचालन संघका वित्त तथा प्रशासन अधिकृत कृष्णश्वरी ह्यौमिखाले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप