मकवानपुरका साकोसहरूबीच व्यवसाय निरन्तरता योजना अभिमुखीकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मकवानपुरका साकोसहरूबीच व्यवसाय निरन्तरता योजना अभिमुखीकरण

चितवन, भदौ २१ । नेफ्स्कूनले मकवानपुर फिल्ड कार्यालय अन्तरगत साकोस गुणस्तर सुनिश्चिताको कार्यक्रम कर्ब्स मा आबद्ध साकोसहरूका लागि व्यवसाय निरन्तरता योजना सम्बन्धी भर्चुअल कार्यशाला गोष्ठी आज सम्पन्न गरेको छ ।नेफ्स्कून उपाध्यक्ष शान्ति अधिकारी, सञ्चालक सदस्य द्वय विद्या कोईराला र हरेराम कट्टेल रहनुभएको भदौ १९ गतेदेखि २१ सम्म सञ्चालन भएको उक्त गोष्ठीमा प्राविधिक रुपमा ५२ वटा साकोसबाट ८१ जनाको उपस्थिति रहेको थियो । गोष्ठीमा कोभिड १९ ले सदस्य, संस्था र कर्मचारीमा पारेको प्रभाव विश्लेषण, सम्भावित जोखिम, जोखिमको स्तर निर्धारण, जोखिम न्यूनिकरणको उपायहरुको बारेमा छलफल भएको थियो । कार्यक्रम सञ्चालन कार्यक्रम अधिकृत सुरज चालिसेले गर्नुभएको थियो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत द्वय कोमलराज अधिकारी र विदुर खड्का ले सहजीकरण गर्नुभएको उक्त तीन दिने गोष्ठीमा साकोसको सेवा निरन्तरताको लागि वैकल्पिक रणनीतिहरुको विकास, दीगो सदस्य सम्बन्धका रणनीतिहरु, सदस्यको तिर्न सक्ने सक्षमता मापन एवं विश्लेषण, सदस्यमा परेको प्रभाव अध्ययनको लागि सदस्य सर्वेक्षणका विधिहरु, वास्तविक सम्पत्ति गणना अभ्यास, तरलता प्रक्षेपण, सदस्य मनोसामाजिक परामर्श, व्यवसाय विकास सेवाको कार्यान्वयन, आकस्मिक कोष बचत, स्वास्थ्य सुरक्षा मापदण्डको पालना, कर्मचारी कार्यढाँचामा परिवर्तन, सुशासन एवं कानुनी परिपालनाको सुनिश्चितता एवं फरक वातावरणमा अपनाउनुपर्ने नीतिगत एवं कार्यगत लचकताको विषयहरु समेटिएका थिए ।नेफ्स्कून उपाध्यक्ष र सञ्चालकज्यूहरुकले शुभकामना तथा समापनका क्रममा  प्रत्येक संस्था सञ्चालनका लागि व्यवसाय निरन्तरता योजना आवश्यक रहेको बताउनुभयो । कोभिड १९ को विषम परिस्थितिमा ंसंस्था सञ्चालनका क्रममा सदस्य सेवा, जनशक्ति व्यवस्थापन र प्रविधि प्रयोग सँगै सदस्य र कर्मचारीहरुमा स्वास्थ्य र वित्तीय शिक्षा सम्बन्धी उपयुक्त परामर्श प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।  

तीन दिनको व्यवसाय निरन्तरता योजना तालिमबाट के के सिक्नुभयो भनी गोष्ठीमा सहभागी  साकोस प्रतिनिधिहरुलाई सोधिएको प्रश्नको जवाफमा कोभिड १९ को विषम् परिस्थितिमा तरलता व्यवस्थापन, कर्मचारीहरुबाट कार्यउपयोगिताको सम्बन्धमा र सदस्य सेवा निरन्तरताका वैकल्पिक विधिहरुको विषयमा धेरै जानकारी प्राप्त भएका छन् । महामारीको यस अवस्थामा संस्था सञ्चालन र सेवाको निरन्तरतामा कठिनाई महशुस भईरहेको समयमा सदस्य सेवा निरन्तरताका वैकल्पिक विधिहरु र सदस्य सर्वेक्षण विधिबारे धेरै विषयहरु सिक्ने अवसर मिल्यो । तीन दिनको तालिम निकै उपलब्धिमूलक रह्यो । महत्वपूर्ण तालिममा सहभागी हुने अवसर प्रदान गर्नुभएकोमा नेफ्स्कूनप्रति आभार प्रकट गरेका थिए ।

गोष्ठी समापन सँगै सहभागी प्रतिनिधिहरुले यहि असोज १२ गते संस्थाको व्यावसाय निरन्तरता योजना पेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । साथै संघले आगामी असोज १५ गते ग्रयाजुएसन कार्यक्रम आयोजना गरी सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्ने जानकारी गराएको छ ।  

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप