पनौती नगरपालिकाले छुट्यायो सहकारी क्षेत्रलाई ६० लाखः सहकारीमैत्री नगर नीति आएको अगुवाहरुको दाबी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पनौती नगरपालिकाले छुट्यायो सहकारी क्षेत्रलाई ६० लाखः सहकारीमैत्री नगर नीति आएको अगुवाहरुको दाबी

काठमाडौं । बागमती प्रदेशको काभ्रेस्थित पनौती नगरपालिकाले चालु आर्थिक वर्ष सहकारी क्षेत्रमा ६० लाख रुपैयाँ खर्च गर्ने भएको छ । नगरपालिकाले सहकारी क्षेत्रसम्बन्धी २३ वटा कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा उक्त अनुमानित रकम विनियोजन गरेको हो । गत आर्थिक वर्ष सहकारीका लागि विनियोजित ५० लाख रुपैयाँ मध्ये जम्मा १० लाख मात्र खर्च गरेको नगरपालिकाले यस वर्ष भने सबै कार्यक्रम लक्ष्य अनुरुप समयमा नै गर्ने दाबी गरेको छ । अभियानकर्मीहरुले पनि नगरका यस पटकका सहकारी कार्यक्रमहरुलाई सहकारीमैत्री भन्दै विकास निर्माणमा सहकारी संलग्नताको योजनाको खुलेरै प्रशंसा गरेका छन् ।

“पोहोर विभिन्न कारणले सहकारी क्षेत्रका लागि छुट्टाइएको रकम खर्च हुन सकेन,” नगरपालिकाका स्थानीय सहकारी रजिष्ट्रार इन्द्र प्रसाद अधिकारीले भन्नुभयो, “यसपटक भने स्थानीय सहकारी ऐनले व्यवस्था गरेको वडा अध्यक्ष नेतृत्वको २५ सदस्यीय नगर सहकारी विकास समिति अन्तर्गतको ७ सदस्यीय कार्यकारी समितिले तयार पारेको नगरको सहकारी कार्यक्रमहरुका बारेमा व्यापक छलफल भएर पुनः समितिले परिमार्जन गरी नगर सभामार्फत पारित गरिएकोले पनि सघन सहभागितात्मक आधारमा गर्न सकिने र गर्नै पर्ने कार्यक्रमहरु समावेश गरिएका छन् ।”

“यस किसिमको प्रजातान्त्रिक र सहभागितात्मक आधारमा नगरको सहकारी विकासका लागि नीति तथा कार्यक्रमहरु निर्माण गरिएकोले पनि स्वामित्व र सफलताको सुनिश्चितता गर्छ,” उहाँले भन्नुभयो, “नगरस्थित अगुवा सहकारीकर्मीहरुको नवीन सोचहरु वार्षिक नीति तथा कार्यक्रममा प्रतिबिम्बित भएका छन् ।” उहाँले यसपटक नतिजामुखी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “स्थानीय सहकारी अगुवा तथा संस्थाहरुको परामर्शका आधारमा हामी यस क्षेत्रको विकास र विस्तारका लागि काम गर्छौ,” अधिकारीले भन्नुभयो, “सबै शीर्षक अनुसार कार्यक्रमहरु हामी समयमै गर्छौ ।”
नगरपालिकाले चालु आर्थिक वर्षको बजेट अन्तर्गत सहकारी उप क्षेत्रका लागि छुट्टाएको अनुमानित रकम काभ्रे जिल्ला बचत संघसँगको सहकार्यमा एकीकरण गोष्ठी, नापी तालिमका साथै क्षमता विकास तालिम, स्थानीय सहकारीहरुको सहकार्यमा कोपोमिस तालिम, वित्तीय साक्षरता, सम्पत्ति शुद्धिकरण र सहकारी विषयक कार्यशाला, सहकारी संस्था अनुगमन, सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरुको भेला, हरियाली प्रवद्र्धन आदि २३ वटा क्रियाकपालका लागि खर्च गर्ने जनाएको छ । विनियोजित सबै रकम आन्तरिक श्रोतबाट जोहो गर्ने नगरपालिकाको भनाइ छ ।

नवगठित बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष, नेफ्स्कूनका निवर्तमान सञ्चालक एवम् पनौतीस्थित ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष उद्वव सापकोटाले नगरपालिकाको यो आर्थिक वर्षका बजेट सहकारी मैत्री भएको बताउनुभयो । “पोहोर र अहिलेको अवस्था फरक छ । यसपटक नगर सहकारी विकास समितिमा व्यापक छलफल भएको छ,” उहाँले भन्नभुयो,“ त्यसैगरी बचत तथा ऋण, कृषि, बहुउद्देश्यीय आदि विषयगत समितिहरुमा पनि छलफल भएकोेले लक्षित कार्यक्रमहरु समयमै सम्पन्न हुनेमा विश्वस्त छौं ।” उहाँले यस वर्षका कार्यक्रमहरु समयमै सम्पन्न गर्ने दिशामा हाम्रो पनि पूर्ण समर्थन र सहयोग रहन्छ किनभने कार्यक्रमको मस्यौदा तयार गरेको कार्यकारी समितिमा आफु लगायत सहकारीकर्मीहरुको पनि भूमिका रहेको जानकारी गराउनुभयो ।
पनौती स्थित सामुदायिक बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकाश बञ्जाराले नगरपालिकाले स्थानीय विकास निर्माणका कार्यमा सहकारी संलग्नातालाई यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेको भन्दै यसले इमानदारी, पारदर्शी र सुशासन प्रवद्र्धनमा सहयोग पुग्ने दाबी गर्नुभयो । “ नगरले दरिलो अनुगमन गर्ने हो भने सहकारीमार्फत नगर विकासका थुप्रै कार्यक्रम गर्न सक्ने अवसर यो पटक सृजना भएको छ,” उहाँले भन्नुभयो, “पनौती नगरको सहकारी नीति जतिको सहकारी मैत्री नीति शायदै कही होला ।” गत वर्षका लागि विनियोजित रकमको निकासमा केही ढिलाई भएको र काम गर्ने बेलामा कोभिड संक्रमणले पनि असहज परिस्थिति सृजना भएको बञ्जाराले बताउनुभयो ।

भदौ २८ गते पारित नगर सहकारी नीतिले नगर सहकारी संघ, नगर विषयगत सहकारी संघ गठनको मार्ग पनि प्रशस्त गरेको भन्दै सापकोटा र बञ्जाराले त्यसले पनि नगरपालिका क्षेत्र भित्र सहकारी सञ्जाल विस्तार हुने  सम्भावना प्रबल भएको विश्वास व्यक्त गर्नुभयो ।
गत असार १० देखि ११ गतेसम्म बसेको पनौती नगरपालिकको सातौं नगर सभाले चालु आर्थिक वर्षमा सहकारी क्षेत्रका लागि ६० लाखको अनुमानित बजेट विनियोजन गरेको हो । ५६ हजार बढी जनसंख्या भएको पनौती नगरपालिका भर विभिन्न प्रकृतिका गरी हाल कूल १ सय ४३ सहकारी सञ्चालनमा छन् ।

पनौती नगरपालिकाले चालु आर्थिक वर्षका लागि प्रस्ताव गरेको सहकारी कार्यक्रमहरुः

कृषि विकास मार्फत सामुदायिक सहकारी खेतीलाई प्रोत्साहन गरिनेछ ।
महिला सहकारी समुहहरुलाई कृषि व्यवसायमा आकर्षित गरिनेछ ।
भूमिको चक्लाबन्दीलाई प्रोत्साहन गरी व्यावसायिक खेती गर्न कृषि सहकारी संस्थालाई एकै प्रकारको बाली लगाउन प्रोत्साहित गरिनेछ ।
स्थानीय उत्पादन वृद्धि, रोजगार सृजना र गरिबी न्यूनीकरण गर्न सहकारी क्षेत्रको प्रवद्र्धन गरिनेछ ।
उद्देश्य र कार्यक्षेत्रको विश्लेषणका आधारमा सहकारी संस्थाहरुलाई एकआपसमा गाभिन प्रोत्साहन गरिनेछ ।
सहकारी संस्थाको अनुगमन र नियमन व्यवस्थालाई नीतिगत रुपमा थप प्रभावकारी बनाइनेछ ।
सहकारी उद्योग व्यवसायलाई सदस्य र समुदायको सेवाप्रति केन्द्रित बनाउन र सहकारीको व्यवस्थापनलाई सिद्धान्तनिष्ट बनाउन उपयुक्त कर प्रणालीको विकासका लागि जोड दिइनेछ ।
सहकारीको व्यवस्थापनलाई विधि, प्रक्रियामा र ऐन कानुनमा आधारित बनाई सहभागिता, पारदर्शिता र जवाफदेहीतालाई व्यवहारमा सुनिश्चित गर्ने व्यवस्था मिलाइनेछ ।
सहकारी क्षेत्रको विकास र प्रबद्र्धनका लागि सहकारी क्षेत्र विकास कोषको अवधारणा अघि बढाइनेछ ।
कृषि लगायत व्यावसायिक सहकारी संस्थालाई समुदायका नागरिकको आर्थिक उत्पादकत्व वृद्धि गराउने कार्यमा संलग्न हुन प्रोत्साहन गरिने छ ।
सहकारी क्षेत्रको प्रवद्र्धनका लागि नीतिगत प्रबन्ध मजबुत बनाइनेछ ।
नगरपालिकको अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदानलाई गणना गरी प्रकाशन गर्ने गरी व्यवस्था मिलाइनेछ ।
कृषि उत्पादन, भण्डारण, प्रशोधन तथा बजारीकरण एवम् कृषि सामाग्रीको आपूर्ति व्यवसथापनमा कृषि सहकारी संस्थाहरुको संलग्नतालाई प्रोत्साहित गरिनेछ ।
प्रदेश सरकारको नीति बमोजिम दुग्ध उत्पादक सहकारी मार्फत दुग्ध उत्पादकलाई उपलब्ध सुविधालाई उपयोगी बनाउन साविकमा गठन भएका दुग्ध सहकारी संस्थाहरुलाई समुदायमुखी बनाउने र अपुग अवस्थामा सोही प्रकृतिका थप संस्थाहरु प्रवद्र्धन गर्ने व्यवस्था मिलाइनेछ ।
सहकारी मार्फत स्वास्थ्य बिमा कार्यक्रममा सदस्यलाई सहजिकरण गरी स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग पुर्याइनेछ ।
कृषिवाली र पशु बिमा कार्यक्रमलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिनेछ ।
सहकारी संस्था मार्फत उत्पादन वृद्धि, प्रशोधन, संकलन तथा बजारीकरणको कार्यलाई अघि बढाउने गरी कार्य गर्न आवश्यक प्रबन्ध मिलाइनेछ ।

नगरपालिकाको फुड बैंकमा सहकारी सहयोग
कोभिड महामारीलाई लक्षित गरी नगरपालिकाले चैत अन्तिम साता फुड बैंक स्थापना गरेको थियो । कोभिडका कारण असंगठित क्षेत्रमा कार्यरत श्रमिक, असहायहरुलाई एकदार प्रणालीमार्फत व्यवस्थित गर्न नगरपालिकाले फुड बैंक स्थापना गरेको थियो । राहत वितरणका लागि फुड बैंक व्यवस्थापन समिति गठन गरी सञ्चालनमा ल्याइएको फुड बैंकमा जिल्लास्थित २९ वटा सहकारीहरुले खाद्य तथा स्वास्थ्य सामाग्री सहयोग उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।


 

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

२ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

६ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

६ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

६ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

Notice
Notice

११ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप