महामारीमा सामना सक्षमता विकास गर्न बल प्राप्त भएको छः सहभागी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महामारीमा सामना सक्षमता विकास गर्न बल प्राप्त भएको छः सहभागी

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.—नेफ्स्कून महिला सशक्तीकरण उपसमितिको आयोजनामा आज महामारीमा लैङ्गिग हिंसा सामनाका लागि मनोसक्षमता विकास सम्बन्धी भर्चुअल कार्यक्रम सञ्चालन भएको छ । कोभिड महामारीको समयमा लैंङ्गिक हिंसाको अवस्थाको तथ्यांक तथा विश्लेषण साथै सामनाका लागि सक्षमता विकासका उपायहरु सम्बन्धमा कार्य तथा अपराध अनुसन्धान विभाग—महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका बरिष्ठ प्रहरी उपरिक्षक दुर्गा सिंहको प्रस्तुतीकरण रहेको थियो । लिंङ्गका आधारमा हुने हिंसा, महामारीका अवसरमा हिंसा बढ्न सक्ने आधारभूत कारणहरु, लिंङ्गका आधारमा हिंसाको तुलनात्मक अन्तर, अन्य लैंङ्गिक हिंसाको आधारमा घरेलु हिंसाको अवस्था, हिंसाका कारण उत्पन्न तनाव र आत्महत्याको विद्यमान आंकडा विश्लेषण  सहित सामनाका लागि सक्षमता विकास गर्ने उपायहरू, उजुरी प्रक्रिया सम्बन्धी जानकारीको विषयमा प्रस्तुतीकरण मार्फत प्रष्ट पार्नुभएको थियो ।

 त्यसैगरी विषयविज्ञ विजयराज सिग्देलले मनोसामाजिक परामर्श मार्फत मानसिक सबलता नै सामना सक्षमताको विषयवस्तु प्रस्ट पार्नुभएको थियो । उहाँले आँफूभित्रको दीप जलाउन सकेमात्रै अन्धकारलाई पन्छाउन सकिने जानकारी गराउँदै सकारात्मक सन्देशबाट पहिले आफैं स्वयं सिञ्चित हुनपर्नेमा जोड दिनुभएको थियो । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले महिला उद्यमशीलता, महिला सशक्तीकरण र समावेशी आर्थिक विकासको पक्षमा नेफ्स्कूनको ऐक्यवद्धता सहितको मार्गनिर्देशक अभिव्यक्ति राख्दै महिला सशक्तीकरणसँग जोडिने विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रि बहशका लागि नेफ्स्कूनको पहलकदमी रहेको जानकारी गराउनुभयो । 

नेफ्स्कूनका उपाध्यक्ष शान्ती अधिकारीले विभिन्न स्वरुपमा लैंङ्गिक हिंसाका घटनाहरु दिनप्रतिदिन बढिरहेको अवस्थामा सहकारी क्षेत्रले लैंङ्गिक हिंसा न्यूनकिरणका लागि केही पहलकदमी गर्न सक्छ, त्यसका लागि सहकारीमा आबद्ध सबै महिला तथा पुरुष दाजुभाई तथा दिदीबहिनीहरु सचेत रहन र कार्यगत ऐक्यबद्धता गर्नपनि कार्यक्रम फलदायी बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । 

नेफ्स्कूनका सञ्चालक एवम् महिला सशक्तीकरण उपसमिति संयोजक गोमा नेपालले समसामयिक प्रतिकुलताका बीच पनि अनुकुलताको खोजी गर्दै लैंङ्गिक हिंसा न्यूनीकरणको क्षेत्रमा सहकारीको अबको भूमिका स्थापित गर्न ढिलाई गर्न नहुने विचार व्यक्त गर्नुभयो । 

संयोजक गोमा नेपालको अध्यक्षतामा सञ्चालित कार्यक्रममा नेफ्स्कून पदाधिकारी, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, संघका व्यवस्थापन कर्मचारी लगायत देशभरका साकोसहरुबाट ६ सय ३० जनाको सहभागिता रहेको थियो ।  कार्यक्रममा सहभागी सहकारीकर्मीहरुले महिला हिंसाको अवस्था, उजुरी प्रक्रिया र समाधानका उपायहरु सम्बन्धी आफ्ना जिज्ञासाहरु राख्नुभएको थियो । मकवानपुर जिल्ला बचत संघका अध्यक्ष कल्पना श्रेष्ठ, चम्किला तारा महिला साकोसका प्रतिनिधि सविना सञ्जेल, सहकारी प्रतिनिधि सरितादेवी श्रेष्ठ, आदर्श भृकुटी साकोसका अध्यक्ष गीता रेग्मी, जनउत्थान साकोस रुपन्देहीका अध्यक्ष ज्ञानु पौड्याल लगायतले कार्यक्रम सम्बन्धी जिज्ञासा राख्नुभएको थियो । 

कार्यक्रमका सहभागी गीता रेग्मी र ज्ञानु पौड्यालको कार्यक्रम प्रभावकारीता सम्बन्धी उहाँहरुको विचार जस्ताको तस्तै प्रस्तुत छ । 

आदर्श भृकुटी महिला साकोसका अध्यक्ष एवम् जिल्ला सहकारी संघ काठमाडौंका लेखा समिति सदस्य गीता रेग्मी भन्नुहुन्छ ,“माहामारी त एक दिन नियन्त्रणमा आउछ तर हिँसा ! यो कहिल्यै ननिभ्ने आगो हो यस्ले भित्र भित्रै मान्छेलाई जलाई रहेको छ । रोग, भोक र माहामारी जस्ता प्रकोपहरू त संयुक्त रुपमा नै भोगौला तर घरेलु हिँसा र महिला हिँसाको कुरा छ, यो त सबै खाले माहामारी भन्दा विकराल छ । जब देशमा लकडाउन शुरु भयो, मलाई सहकारीको चिन्ता र सहकारी अभियन्ताहरूको अबको निरन्तरता कस्तो हुने भन्ने कौतुहलताले निकै सतायो । केही नराम्रो कुराले पनि सकारात्मक कुरा लिएर आउछ भन्ने मान्यतालाई आज नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.— नेफ्स्कून महिला सशक्तीकरण उपसमितिको आयोजनामा महामारीमा लैङ्गिग हिंसा सामनाका लागि मनोसक्षमता विकास सम्बन्धी भर्चुअल कार्यक्रमले प्रष्ट पारिदिएको छ ।” उहाँ भन्नुहुन्छ, आजको कार्यक्रमले छाता संघहरू प्रति भरोषा जागेको छ, बरिष्ठ प्रहरी उपरिक्षक दुर्गा सिंहको प्रस्तुतीकरणले माहामारीमा लैगिक हिँसा सामनाका लागि मनोसक्षमता विकास कार्यक्रमले समस्त पीडित पक्षहरूलाई सचेत बनाएको छ भने पिडितहरूले आफ्ना समस्या सुनाउने ठाउँ सजिलै उपलब्ध हुने कुराको पनि जानकारी पाएका छन् ।
 त्यसैगरी विषय विज्ञ विजयराज सिग्देलले  मोवाईल, ल्यापटपमा पासवर्ड राखेर आफ्ना चिज र वस्तुको सुरक्षा गरेझै महिलाहरूले पनि आफ्नो सुरक्षाका लागि पासवर्ड आँफैसँग राख्नु पर्ने विषय सन्दर्भ अत्यन्त मनपर्यो, त्यसैगरी हात्तीको बच्चालाई सधाईए जसरी महिलाहरू वर्षौ वर्ष देखि घरपरिवार र समाजको ईज्जत जोगाउने नाममा जुन घरेलु हिँसा सहेर बसेका छन् त्यो अब तोड्नु पर्ने, महिलालाई शिक्षा र आर्थिकरूपमा सबल बनाएर मात्रै हिँसा कमहुने विषय अत्यन्त समयसान्दर्भिक रुपमा प्रस्तुत भएको छ, यसले हामी सम्पूर्ण सहकारीमा आबद्ध महिला दिदीवहिनीहरुलाई हरेक क्षेत्रमा पर्न सक्ने समस्याको सामनाका लागि सक्षमता विकास गर्न बल प्राप्त भएको छ । यसको हामीले व्यावहारिक प्रयोगमा प्रतिबद्धत हुनैपर्छ । महत्वपूर्ण कार्यक्रम आयोजनाका लागि नेफ्स्कून प्रति धन्यवाद व्यक्त गर्दछु । 

यस कार्यक्रमप्रति जन उत्थान साकोस, रूपन्देहीका अध्यक्ष ज्ञानु पौड्यालको विचार छ, “महामारीमा लैङ्गिग हिंसा सामनाका लागि मनोसक्षमता विकास सम्बन्धी भर्चुअल कार्यक्रम सार्है समय सान्दर्भिक लाग्यो । कोभिड १९ ले महिलामा पारेको प्रत्यक्ष प्रभाब, लैङ्गिक हिसाको अबस्थाको तथ्यगत प्रस्तूतिकरण, रोकथामका उपायहरू र हिंसा परेको खण्डमा उजुरी गर्ने निकायहरू र संरचना बारे गराइएको स्पष्ट जानकारी अत्यन्त उपलब्धिमूलक बन्यो । सहकारी मार्फत लैंङ्गक हिसा न्यूनिकरणका अभियानहरू शसक्त रूपमा चलायौ भने सामाजिक रूपमै योगदान भई सामाजिक र आर्थिक सशक्तीकरणमा सहयोग पुग्नसक्छ । विषयविज्ञ विजयराज सिग्देलको मनोसामाजिक परामर्शले अत्यन्त मन छोयो । 

महिला सशक्तीकरण गर्न लैगिक हिंसा बाधक तत्व हो त्यसकारण आर्थिक रूपमा सबलीकरणको साथै हिंसा न्यूनिकरणमा पनि सहकारीको महत्वपूर्ण योगदान रहन्छ । कार्यक्रममा ६ सय भन्दा बढीको सहभागिताले सहकारीमा सहभागी धेरै दिदीबहिनी तथा दाजुभाईहरुमा पनि लैंङ्गिक हिंसा न्यूनीकरणका लागि सकारात्मक सन्देश प्रवाह भएको र अव सहकारी क्षेत्रले लैंङ्गिक हिंसा अन्त्यका कार्यक्रमहरुलाई पनि सँगसँगै जोडेर अगाडि बन्नुपर्ने विचार प्रस्फुटन भएको महशुस गरेको छु । हिंसा न्यूनिकरण अभियानमा अब पुरूषको सहभागिता पनि बढ्दो छ । हिंसा गर्दिन, हिंसा सहदिन र हिंसाको प्रतिबाद गर्छु र हिसा परेकोलाई सहयोग गर्छु भन्ने प्रतिबद्धताबाट सहकारी अभियानले लैंङ्गिग हिंसा अन्त्य र महिलामा आर्थिक सशक्तीकरण मार्फत समृद्ध समाज निर्माणको कल्पना गर्न सक्छ । कार्यक्रम आयोजनाका लागि नेफ्स्कूनप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।” 

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२२ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप