‘प्रोबेशन’ ब्राण्ड प्राप्त हाम्रो मध्यवर्ती राधाकृष्ण साकोस अब ‘एक्सेस’ मा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘प्रोबेशन’ ब्राण्ड प्राप्त हाम्रो मध्यवर्ती राधाकृष्ण साकोस अब ‘एक्सेस’ मा आबद्ध

बर्दिया । प्रदेश नं ५ को बर्दिया जिल्लास्थित ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँमा अवस्थित हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनको प्राविधिक सहयोगमा एशियाली ऋण महासंघ अकूद्वारा सञ्चालित एसिया प्रशान्त क्षेत्रीय साकोस गुणस्तर सुनिश्चितता प्रमाणीकरण कार्यक्रम (एक्सेस) मा आबद्ध भएको छ । कोरोना महामारीको कारण स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै भर्चुअल कार्यक्रममार्फत आज सम्झौता सम्पन्न भएको हो । एक्सेस कार्यक्रममा आबद्ध भई आगामी दिनमा एसिया प्रशान्त क्षेत्रीय स्तरको एक्सेस ब्राण्ड प्राप्त गर्न PEARLS मापदण्ड अनुरुप वित्तीय सुचकाङ्कहरु सन्तुलित एवम सुधार गर्ने कार्यमा अग्रसर रहने संस्थाका अध्यक्ष नवराज न्यौपानेले विश्वास व्यक्त गर्नुभयो ।

एक्सेस कार्यक्रम कार्यान्वयनका लागि संस्थाको सञ्चालक समितिबाट १ जना संयोजक र व्यवस्थापनबाट कम्तिमा २ जना बरिष्ठ कर्मचारी सहित बढीमा ५ जनाको गुणस्तर सुनिश्चितता कार्यदल गठन गर्ने लगायतका थुप्रै विषयमा सम्झौता भएको नेफ्स्कूनका बरिष्ठ अधिकृत दीपक प्रसाद ढुंगानाले जानकारी गराउनुभयो । एसिया प्रशान्त स्तरको एक्सेस कार्यक्रममा आबद्धताले संस्थागत एवम् वित्तीय सुशासनलाई थप मजबूत बनाउन सहयोग पुग्ने अपेक्षा संस्थाले गरेको छ । यसैगरी, साकोस एकरुपता प्रणालीमा पनि सहयोग पुग्ने विश्वास लिइएको छ । एक्सेसमा आबद्धतासँगै नेफ्स्कूनको विज्ञ प्राविधिक टोलीले नियमित स्थलगत तथा गैर स्थलगण अनुगमनका माध्यमबाट संस्थाका वित्तीय सूचकाङ्कहरुबीच PEARLS मापदण्ड अनुरुप सन्तुलन कायम गर्न पृष्ठपोषण गर्ने छ । यसैगरी, नेफ्स्कूनले आयोजना गरेका कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउनुका साथै संस्थाले सूचना प्रविधि, भौतिक पूर्वाधार, जनशक्ति तथा कार्यालय व्यवस्थापन लगायत विविध पक्षमा स्तरोन्नति गर्नुपर्ने हुन्छ ।

२०६३ जेष्ठ १५ गते स्थापित नेउलापुर मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि. ले २०७५ साल असार १५ मा श्रीकृष्ण, प्रयत्न, जनचेतना र नेउलापुर मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि. बिच एकीकरण गरी हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि.बाट कारोबार सुरु गरेको थियो । यसैगरी, दोश्रो चरणमा जागृत महिला, कर्णाली साकोस र जलेश्वर कृषि सहकारी संस्थासँग एकीकरण गरी तेश्रो चरणमा हाम्रो मध्यवर्ती र राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लि. बिच एकिकरण भई हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लि.बाट कारोबार संचालन गर्दै आएको छ । हाल सम्म यस संस्थाले ८ वटा सहकारी संस्थासँग एकिकरण गरिसकेको छ भने अर्को १ संस्थासँग एकीकरणको प्रक्रियामा छ । स्थापनाकालदेखि नै आफना शेयर सदस्यहरुलाई वित्तिय सेवा का साथै बिभिन्न रेमिट्यान्स र सामाजिक उत्तरदायित्वका कार्यक्रम संचालन गर्दे आइरहेको संस्थामा हाल करिब ४,२२८ महिला, २,९९३ पुरुष र ५१ कार्यगत समुह गरी ७ हजार २ सय ७२ सेयर सदस्य छन् ।

हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारीले हाल ३१ करोड ८७ लाख रुपैँया बराबारको कारोवार गरिरहेको छ भने शेयर पुँजी ३ करोड ६५ लाख छ । हालसम्म सहकारीले २२ करोड ९४ लाख बचत संकलन गरेको छ भने विभिन्न कोषमा १ करोड ७० लाख रुपैँया रहेको छ । ३३ जना कर्मचारीहरुले सदस्य सेवा प्रदान गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर थापाले जानकारी दिनुभयो । हाल १७ प्रकारका बचत र १४ प्रकारका ऋण सुविधा दिँदै आएको ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँबजारमा मुख्य कार्यालय रहेको संस्थाले केन्द्रिय कार्यालय सहित ६ वटा सेवा केन्द्र र २ वटा बचत संकलन केन्द्र मार्फत सेवा दिदैँ आएको छ ।

पछिल्लो समय वित्तीय सूचकाङ्कहरुको सन्तुलन निक्कै राम्रो देखिएको संस्थाले  सहज र सरल ढंगबाट सदस्य केन्द्रित सेवा सुविधा प्रदान गर्दै आइरहेको छ । सोही कारण प्रदेश कै उत्कृष्ट सहकारी बन्न सफल भएको संस्थाका अध्यक्ष नवराज न्यौपाने बताउनुभयो । समुदायमा आधारित सदस्य केन्द्रित सेवा सुविधालाई नै बढी प्राथमिकता दिएको अध्यक्ष न्यौपानेले बताउनुभयो । संस्थाले सदस्यहरुलाई वित्तिय सेवा प्रदान गर्नुका साथै मोवाइल बैकिङ्ग, एसएमएस, रेमिट्यान्स लगाएतका सेवा प्रदान गर्दै आइरहको छ । नेफस्कुनले संचालन गर्दै आइरहको पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोवेशन) मा २०७४ साल कार्तिक देखी आबद्ध संस्थाले २०७६ पौष ४ गते राष्ट्रिय स्तरको प्रोबेशन ब्राण्ड समेत प्राप्त गरिसकेको छ ।

नेफ्स्कुनले आफनो ३३ औँ स्थापना दिवसको अवसरमा गत साउन ३२ गते संस्थालाई प्रदेश नं ५ को उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था पुरस्कृत गर्ने घोषणा समेत गरेको छ । साकोसले नगरमा सहकारी एकिकरण अभियानलाई पनि व्यापक बनाउँदै गएको छ । नगरमा रहेका सहकारीमा दोहोरो सदस्यताको अन्त्य गरी साना सहकारीमा छरिएर रहेको पूँजीलाई एकत्रित गर्दै एक सक्षम र सबल सहकारी स्थापना गरी सदस्यलाई सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्य साकोसले राखेको प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर थापाले जानकारी दिनुभयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप