अमेरिकी क्रेडिट युनियनहरुमा भाखा नाघेको ऋणमा सुधार !
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अमेरिकी क्रेडिट युनियनहरुमा भाखा नाघेको ऋणमा सुधार !

अमेरिका । कोरोना महामारी र यसले समग्र आर्थिक क्षेत्रमा ल्याएको असहजताका बीच अमेरिकाको बचत तथा ऋण सहकारी संस्थाहरुमा पछिल्लो समय भाखा नाघेको ऋणमा सुधार आएको छ । सन् २०२० को दोस्रो चौमासाको नतिजाले अमेरिकी क्रेडिट युनियनहरुमा भाखा नाघेको ऋणमा सुधार देखिएको हो ।

दोस्रो चौमासामा भाखा नाघेको ऋण ०. ५८ प्रतिशत रहेको छ जुन एक वर्षअघिको सोही अवधिको तुलनामा १ प्रतिशत र पहिलो चौमासाको तुलनामा ७ प्रतिशतले कम हो ।  यद्यपि, आगामी महिनाहरुमा स्थिति सहज नहुने अनुमान त्यहाँको नेशनल क्रेडिट युनियन एड्मिनिस्ट्रेशनले गरेको छ । भाखा नाघेको ऋणको प्रतिशत घट्नुमा विभिन्न सरकारी सुविधा, क्रेडिट युनियनहरुले प्रदान गरेको छुट तथा कर फिर्ता आदि भएपनि अबका दिनमा संघ संस्थाहरु चनाखो हुनुपर्ने जनाएको छ ।

केही विश्लेषकहरुले यसलाई कृत्रिम व्यवस्थापनको संज्ञा समेत दिएका छन् । सरकारले बेरोजार भत्तामा गरेको बढोत्तरी, आर्थिक पुनर्उत्थानका प्याकेजहरुको घोषणाका कारण सदस्यहरुले समयमै ऋणको किस्ता बुझाएको तथा किस्ताको समयावधि थप गरेका कारण पनि पनि भाखा नाघेको ऋणमा सुधार देखिएको बताइएको छ । यद्यपि, सहकारी संस्थाहरुको यथार्थ तस्बिर भने आर्थिक वर्षको अन्त्यमा थाहा हुने जनाइएको छ जुन समय संस्थाहरुले उपलब्ध गराएको छुट सुविधाहरु सकिनेछन् । अमेरिकामा अक्टोबर १ देखि सेप्टेम्बर ३० लाई एक आर्थिक बर्ष मानिन्छ ।  
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप