भक्तपुरको सामूहिक साकोसको २३ औं स्थापना दिवस सम्पन्नः कल्याण साकोसँग एकीकरण सहमति
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुरको सामूहिक साकोसको २३ औं स्थापना दिवस सम्पन्नः कल्याण साकोसँग एकीकरण सहमति

भक्तपुर । जिल्लास्थित सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. ले २३ औं स्थापना दिवसको अवसर पारेर स्थानीय कल्याण बचत तथा ऋण सहकारी संस्था लि.सँग एकीकरण सहमति गरेको छ ।  प्रमुख अतिथि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुको उपस्थितिमा असोज २३ गते आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष धनेशराज राजोपाध्याय र कल्याण साकोसका अध्यक्ष गंगा प्रसाद ख्याजुले सम्झौतापत्रमा हस्ताक्षर गरी एकीकरण सहमतिलाई औपचारिकता प्रदान गर्नुभएको थियो । सामूहिक साकोसका अध्यक्ष राजोपाध्यायले गतवर्ष पनि संस्थाले दुइ वटा संस्थासँग एकीकरण गरेको भन्दै कल्याणसँगको पछिल्लो एकीकरणले सहकारी अभियानलाई मजबूत बनाउने बताउनु भयो ।
संस्थाका सचिव कृष्ण हरि सैजुले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष राजाभाई भेलेले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो । संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक निन्यनाथ श्रेष्ठले सानो र सुुन्दर भन्दा पनि ठुलो र बलियो संस्थाले मात्र आफ्नो पहिचान बनाउन सक्ने वर्तमान परिस्थितिका कारण संस्थाले पनि एकीकरणलाई जोड दिएको धारणा राख्नुभयो ।  संस्थापक अध्यक्ष श्यमा प्रसाद मुनंकर्मीले निश्वार्थ गरिएको जुनसुकै कामको पनि राम्रो परिणाम आउने भन्दै सामूहिक साकोसको स्थापनाकाल स्मरण गर्नुभयो ।  
संस्थाका अध्यक्ष गंगाप्रसाद ख्याजुले सदस्यले पाउने वित्तीय सेवाको गुणस्तर वृद्धिका लागि अहिलेको अवस्थामा संस्था एकीकरण अपरिहार्य र अनिवार्य रहेको बताउनु भयो । प्रमुख अतिथि कृष्ण गोविन्द लाखाजुले सहकारी संस्थाहरु सहकारी मूल्य मान्यता, ऐन, नियम तथा समुदायमा आधारित भएर संचालन हुर्नुपर्नेमा जोड दिँदै सामूहिक साकोस पनि त्यस मध्यकै एक भएको दाबी गर्नुभयो । कोरोना भाइरसको आर्थिक, सामाजिक तथा मनोबैज्ञानिक असरले संस्थाको वित्ती यव्यवस्थापनमा पनि प्रत्यक्ष प्रभाव पर्ने भएकोले त्यस प्रकारको चुनौती सामना गर्न अग्रिम तयारी आवश्यक भएकोमा जोड दिनुभयो । उहाँले एकीकरण गर्दा सबैजना भावनात्मक रुपमा पनि एक हुनुपर्नेमा जोड दिनुभयो ।
संस्थाका विभिन्न समिति उपसमिति, सल्लाहकार, कर्मचारी र कल्याण साकोसका संचालकहरुको उपस्थिति रहेको सो कार्यक्रकममा भौतिक दुरी कायम गरी जम्मा ६६ जनाको उपस्थिति रहेको संस्थाका व्यवस्थापक कविन्द्र धौबन्जारले जानकारी दिनुभयो ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप