एकैदिन प्रदेश स्तरीय तीन सहकारी संघलाई दर्ता प्रमाणपत्र
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एकैदिन प्रदेश स्तरीय तीन सहकारी संघलाई दर्ता प्रमाणपत्र

रुपन्देही । लुम्बिनी प्रदेश, बुटवलमा एकैदिन प्रदेश स्तरीय ३ संघहरुले आज दर्ता प्रमाणपत्र प्राप्त गरेका छन् । प्रदेश सरकार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश बुटवलमा आयोजित एक कार्यक्रमका बीच मंसिर २३ गते दर्ता भएका ३ संघहरुः लुम्बिनी प्रदेश सहकारी संघ लि., लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि. र लुम्बिनी प्रदेश कृषि सहकारी संघ लि. लाई दर्ता प्रमाणपत्र वितरण गरिएको हो । 

मन्त्रालयका दर्ता अधिकारी श्रीधर ज्ञवालीको अध्यक्षता, मन्त्रालय का सचिव डा. रेवति रमण पौडेलको प्रमुख आतिथ्यता र  राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल को विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा सम्बन्धित प्रदेश संघका अध्यक्षहरुलाई कार्यक्रमका प्रमुख अतिथि र विशेष अतिथिद्वारा प्रमाणपत्र वितरण गरिएको थियो । 

प्रदेश सहकारी संघ लि. लुम्बिनी प्रदेशका अध्यक्ष प्रेम प्रसाद सुबेदी, लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष  कृष्ण प्रसाद नेपाल र  लुम्बिनी प्रदेश कृषि सहकारी संघ लि.का अध्यक्ष नर बहादुर घर्तिलाई प्रमाणपत्र प्रदान गरिएको मन्त्रालयका दर्ता अधिकारी श्रीधर ज्ञवालीले जानकारी दिनु भयो । कार्यक्रममा विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।  

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप