सिवाईसी साकोसको वार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिवाईसी साकोसको वार्षिक साधारणसभा सम्पन्न

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. को ११ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कोभिड–१९ को महामारीका बीच स्वास्थ्य मापदण्डलाई पालना गर्दै ११ वटा कार्यालय अन्तर्गतका सदस्यहरुसँग विस्तारित मञ्चमा छलफल पश्चात प्रतिनिधिमूलक साधारण सभा सम्पन्न भएको हो । 

सभामा प्रमुख अतिथि राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारीहरुले नेपालको अर्थतन्त्रमा महत्वपुर्ण भुमिका खेलेको विचार राख्दै सहकारी क्षेत्रलाई डिजिटल माध्यमवाट कारोवार गर्न आवश्यक रहेको बताउनु भयो । हब्स कोअपरेटिभ सर्भिस लि.का अध्यक्षसमेत रहनु भएका पौडेलले अव बैंकमा जस्तै सहकारीहरुबीच पनि विद्युतीय माध्यमबाट अन्तर सहकारी कारोवार  हुने व्यवस्था मिलाउन थालेको वताउनु भएको छ । 

पौडेलले एउटा सहकारीबाट अर्को सहकारीमा रकम ट्रान्सफर गर्ने व्यवस्था गरी सहकारीका सदस्यलाई सहज र सर्वसुलभ सेवा दिने तयारी भैरहेको वताउनु भयो । हब्समार्फत नेपाल भरको एक सहकारी संस्थामा रहेको सदस्यको बचतलाई अर्को सहकारी संस्थाबाट भुक्तानी लिन र दिन सकिने गरी डिजिटल प्रविधिमा सेवा प्रवाह गर्ने पौडेलले वताउनु भयो । फरक प्रसंगमा पौडेलले सिवाईसी सहकारीले बागलुङमा छरिएको पुजि एकिकृत गरी गरिवि निवारण र वित्तिय क्षेत्रमा महत्वपुर्ण भुमिका खेलेको वताउनु भयो । 

कार्यक्रममा नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीले स्थानिय तहसँग समन्वय गरी उद्यमशीलता विकास र रोजगारी सृजना गर्ने काम गर्नुपर्ने वताउनु भयो । सहकारीका सञ्चालन सदस्यमैत्री भएमात्रै सदस्यले सर्वसुलभ सेवा पाउनेमा उहाँले जोड दिनुभयो । 

कार्यक्रममा सहकारीका सल्लाहकार तथा जिल्ला समन्वय समितिका बागलुङका प्रमुख राजेन्द्र ढुङगाना, जैमिनी नगरपालिका का नगर प्रमुख इन्द्रराज पौडेल, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवाराज  राजभण्डारी, गलकोट सदस्य सेवा केन्द्र संचालक समितिका संयोजक राम वहादुर खत्री लगाएतले शुभकाना मन्तव्य व्यक्त गर्नु भएको थियो । सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष गण्डकी थापा र संचालन सचिव जयराम भारीले गर्नु भएको थियो । 

सहकारीले साधारण सभाको अवसरमा उत्कृष्ठ वचतकर्ता सदस्य, उत्कृष्ट वालवचत कर्ता, असल ऋणी (उद्यमी) एवं असल सदस्य गरी ४४ जना सदस्यलाई सम्मान गरेको थियो । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप