जनकपुरमा भाखा नाघेको ऋण व्यवस्थापन तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनकपुरमा भाखा नाघेको ऋण व्यवस्थापन तालिम सञ्चालन

जनकपुर । नेफ्स्कून फिल्ड कार्यालय जनकपुरको आयोजनामा भाखा नाघेको ऋण व्यवस्थापन सम्बन्धी दुई दिवसीय तालिम आज सम्पन्न भएको छ । फिल्ड व्यवस्थापन उपसमिति सदस्य सुधिर कुमार पाण्डेको अध्यक्षतामा शुरु तालिमको  उद्घाटन जेष्ठ व्यक्तित्व रामचरित्र ठाकुरले गर्नुभएको थियो । तालिम कार्यक्रममा फिल्ड व्यवस्थापन उपसमिति सदस्य नविन कुमार कर्णले स्वागत मन्तव्य राख्दै तालिमले संस्थाको ऋणमा देखिएको समस्या समाधानमा विषेश योगदान गर्ने विश्वास व्यक्त गर्नु भयो । 

तालिम समापन समारोहका प्रमुख व्यक्ति सहकारी अभियन्ता गणेश कुमार आसले तालिमले प्रदेश नं. २ का सहकारीहरुको बृद्धि विकासमा योगदान गर्ने साथै तालिमवाट सिकेको विषयले भाखा नाघेको ऋण व्यवस्थापन गर्न र साकोस सुदृृढिकरण गर्न थप योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

फिल्ड व्यवस्थापन उपसमिति सदस्य सुधिर कुमार पाण्डेले नेफ्स्कूनको जनकपुर फिल्ड कार्यालय मार्फत समय समयमा आयोजना हुने विभिन्न तालिमहरु मा सहभागी हुन अनुरोध गर्दै तालिमले संस्थागत सुशासनमा विशेष योगदान गर्ने विश्वास व्यक्त गर्नु भयो ।  

समापन कार्यक्रममा सहभागीको तर्र्फवाट मन्तव्य राख्दै राम करण यादवले  तालिम आयोजना गरेकोमा नेफ्स्कूनलाई विशेष धन्यवाद दिनुभयो । 

तालिममा सिरहा, महोत्तरी र धनुषा जिल्लाका गरि २४ ओटा साकोसका ३३ जनाको सहभागिता रहेको थियो । तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको थियो भने कार्यक्रम उद्घोषण जनकपुर फिल्ड इन्चार्ज महेश बराल र व्यवस्थापन सहयोग सहायक कर्मचारी प्रसन्न पौडेलले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप